इन्द्रेणी संवाददाता
दाङ, २२ मंसिर । ५ नम्बर प्रदेशलाई टुक्राउने गरी संसदमा संविधान संसोधन प्रस्ताव दर्ता भएको भन्दै नेकपा एमाले निकट अनेरास्ववियु र युवा संघले आह्वान गरेको दाङ बन्दले जिल्लाको जनजीवन प्रभावित भएको छ ।

dscn0646विहानैदेखि साना तथा ठूला सवारीका साधन चलेका छैनन् । शिक्षण संस्था बन्द छन् भने बजार कलकारखाना ठप्प छन् । बन्दकर्ताहरु सडक सडकमा आएर बन्द गर्ने गरेका छन् ।

बन्दकर्ताहरुले प्रेस, मानअधिकारर्की, पानीका ट्याङर, एम्बुलेन्स, विवाहलगायतका अतिआवश्यकीय सवारीका साधनलाई भने अवरोध पु¥याएका छैनन् । उनीहरुले संसदमा दर्ता भएको संसोधन प्रस्ताव राष्ट्रघाती भएको भन्दै फिर्ता लिन माग गर्दै एक दिने दाङ जिल्ला बन्दको आह्वान गरेका हुन् । बन्द साँझ ५ बजे खुल्ने बन्दकर्ताहरुले बताएका छन् ।