तुलसीपुर २२ मंसिर । तुलसीपुर –२ रक्षाचौरमा पक्की नाला निर्माण सम्पन्न भएको छ । तुलसीपुर नगरपालिकाको सात लाखको अपुरो नाला निर्माण योजना तथा एक लाख ७५ हजारको जनश्रमदान गरी रक्षाचौर उमावि हुदै चारवाटो चोक सम्म पुग्ने दुई सय मिटर पक्की नाला ८ लाख ७५ हजारमा सम्पन्न भएको उपभोक्ता समितिका कोषाध्यक्ष लिलाबहादुर खड्काले जानकारी दिए ।
नगरपालिकाको १ सय ७९ मिटर स्टमेटमा स्थानीयहरुले दुई सय मिटर नाला निर्माण गरेका हुन । त्यस्तै उपभोक्ता समितिका अध्यक्ष सोभादेवि भण्डारीको अध्यक्षता तथा वडा सचिव उषा न्यौपानेको प्रमुख आतिथ्यमा सर्वजनिक सुनाई कार्यक्रम भएको हो ।
सर्वजनिक सुनाई कार्यक्रममा वडा नागरीक मञ्चका संयोजक पिताम्वर वली, सामाजिक परिचालक तुलसा डाँगी खड्का विभीन्न टोलका प्रतिनिधी राजनितिक दलका प्रतिनिधीहरुको उपस्थीति थियो ।
