tulsipur20streetबसन्त परियार, तुलसीपुर २२ मंसिर ।  तुलसीपुर २० मा लक्ष्ति बर्गका लागि योजना छनौट गरिएको छ । प्रिगाउमा मंगलबार  भएको भेलाले आगामि आर्थिक वर्ष ०७४/०७५ का लागि महिला लक्षित र अन्य लक्षित बजेटको योजना छनौट गरीएको हो । वडा सचिव केशवराज डाँगीको अध्यक्षता तथा समाजसेवी तिलक बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भेला भएको हो ।

साही अवसरमा प्रमुख अतिथि बस्नेतले लक्षित समुदायको बजेट अन्यत्र खर्च नगर्न आग्रह गरेका थिए । उनले लक्षित बर्गको  बजेट अन्यत्र गाभ्ने परम्परा रही आएकाले त्यसो नगर्न आग्रह गरेका छन् ।  त्यस्तै समाजमा  हुने बिभिन्न बिकास निर्माणमा जनताको चासो भएन भने बिकासले गति लिन नसक्ने उनको भनाई थियो ।

उनले विनियोजित रकमले सबै लाभान्वित हुने खालको योजना छनौट गर्न आग्रह समेत गरेका थिए । भेलाले अन्य लक्षित अन्र्तगत जेष्ठ नागरीक दिवा सेवा केन्द्रको भवण निर्माणका लागि  १ लाख ५० हजार , दलित समुदायको लागि सचेतनामुलक कार्यक्रम तथा तालिमका लागि ६० हजार , नवलपुरको जनजाति बस्तीमा भुईयारथान निर्माणका लागि ६० हजार , अपाङ्गहरुको तालिमको लागि ८० हजार र  शुक्रेश्वरी नागरीक सचेतना केन्द्रका जनजाति महिलाको उद्घोषण तालिमका लागि ३० हजार रुपैया गरी जम्मा ३ लाख ८० हजारको योजनाहरु छनौट गरीएको छ ।

त्यसैगरी  महिल लक्षित तर्फ विपन्न महिलाहरुका लागि होजेरी तालिममा २ लाख र स्वंयमसेविकाहरु लाई उद्घोषण तालिममा ४० हजार रुपैया गरी जम्मा २ लाख ४० हजारको योजनाहरु छनौट गरीएको छ । भेलामा काग्रेसका क्षेत्रिय सचिब खिम बहादुर वली,लोकराज न्यौपाने , एमालेका छोटिलाल चौधरी , जेष्ठ नागरीक समाजका संयोजक नेत्रमणि शर्मा , राप्रपाका लिलाध्वज बस्नेत, ज्ञानेन्द्र बहादुर बस्नेत , कृष्ण मन्दीर टोल विकास सस्थाका अध्यक्ष ओविर बहादुर चन्द , ज्ञानेन्द्र बहादुर बस्नेत , थुम बहादुर नेपालि लगायतको सहभागिता रहेको थियो ।

वडा नागरी मञ्चका संयोजक तिर्थ बहादुर बस्नेतको स्वागत मन्तव्य बाट सुरु भएको भेलाको सहजीकरण  सामाजिक परीचालक लक्ष्मी चौधरीले गरेकी थिईन् ।