गोविन्द खड्का
घोराही, २१ मंसिर । ठूला यातायातका साधन मार्फत नागेश्री र बाह्रकुने जोडिएका छन् । घोराहीबाट रझेना–मसिनाहुदै मात्रै नागेश्वरी जानुपर्ने वाध्यता टरेको छ । घोराही गिठेपानी पिपलखाली हँुदै मसिना पुग्न सहज भएको छ भने त्यस क्षेत्रकै धार्मिक पर्यटकीय क्षेत्र बाह्रकुने बराहसंँगै जोडिएको छ ।

20161101_150952‘रंग रंगाट गाडी हिड्ने बाटो छ’, मसिनाका मञ्चाराम नेपालीले भनिन्, ‘नागेश्री शिव पार्वतीको स्थापना पछि चा“डो बिकास भयो ।’ उनका अनुसार मसिनाबाट पिपलखाली आउन गतिलो बाटो थिएन । सा“घुरो, झाडिले ढाकेको, बर्षाका चिराफारा नपुरिएको बाटो सिक सिकलाग्ने हुन्थ्यो । लोफरहरुले गाजा तान्दै गरेको, बाटोमा हगेको, उनिहरुले फालेका कुल्पी एवं पातका सुल्पा देखेर अगत परिन्थ्यो । अहिले गाडिलाई साईड दिन मिल्ने गरीको गतिलो बनेको छ ।

जरुरी किन ?

गत चैत्र १७ गते नागेश्वर महादेव मन्दिर घोराही–६ को दिपज्योति टोल मसिनामा उद्घाटन गरियो । सांसद अनिता देवकोटाले स्थानियको व्यापक सहभागितामा विशेष कार्यक्रमका वित उद्घाटन गरेकी हुन् । स्थानिय पार्वती विक त्यसको मुख्य पूजारी बनिन् । आफुलाई नागेश्वर महादेवको उत्पती बताएपछि दलित महिला प्रति सबैको सहानुभुति जाग्यो । पुर्व सामान्य प्रशासन मन्त्री रेखा शर्मा लगाएतको उपस्थिति र सहानुभुतिले उत्साहित बनायो । टोल विकास संस्थाका केशव केसि, यज्ञराज खत्री लगाएत मन्दिर स्थापनामा मरिमेटे । सांसद खनाल पटक पटक पुगेर अन्य सहयोग पनि गरीरहेको स्थानीय बाताउँछन् ।

दर्शन, पूजा पाठ र आन्तरिक पर्यटन बलियो हुँदै गएको छ । धेरैको ध्यान केन्द्रित गरेपछि घोराही बजारको आकर्षणको नयाँ केन्द्रका रुपमा नागेश्वरी स्थापित भयो । भेटी चढाउने, मन्दिर, गौशाला बनाउने दाताहरु टक्रिए । लाखौका संरचनाहरु सहयोगबाटै दाताले निर्माण गरे । त्यसले सजिलो बाटोको आबश्यकता जन्मायो । फलस्वरुप त्यहाको विकासमा सबैले नजर लगाए । ‘घोराही नगरपालिकाको डेढ लाख लगानीमा बाटो मरमत गरीयो’ पिपल खाली मसिना बाटो निर्माण समितिका अध्यक्ष मानबहादुर विकले भने, ‘हाम्रो लक्ष्य बाह्रकुने र नागेश्वरीलाई यातायातले सोझो जोड्ने हो ।’

मसिना दर्शन गरेर फेरि घोराही फर्की बाह्रकुने पुजापाठका लागि पुग्नुपर्दथ्यो । त्यसले झञ्जट बनाएको थियो । यातायातका साधनमा खर्चालु मानिन्थ्यो । ‘जिविस नगरपालिकामा जोह गरेर बाटो मरमत गरियो’ रानीजरुवा पिपल खाली वाटो निर्माण समितिका अध्यक्ष घनबहादुर रावतले भने, ‘बर्षातले बिगारेको ठाउ जति मरमत गरेर सजिलो बनाईएको छ ।’ साईकल किनेको ११ बर्षपछि मात्रै घरमा लग्न सफल भएका रावत गाडी चल्ने बाटो बनेपछि खुशि भएका छन् ।

बुद्धसँग पनि जोडिन्छन्:

स्वर्गद्धारी दर्शन गर्न आएका भारतीय लगाएत नेपाली तिर्थालुलाई बाह्रकुने पुग्नुलाई पुर्ण भएको ठान्छन् । त्यससंगै नागेश्री पनि जोडिएपछि थप भएको छ । उनीहरुले दुबै ठाउँ सजिलै यात्रा गर्न बाटोले सहयोग गरेको स्थानिय बताउँछन् । त्यससँगै मन्दिरको आकर्षण थप बढ्ने भएको छ । अटो रिक्सा, टेम्पो लगाएत यातायातका साधन घोराही गिठेपानी हँुदै पनि नागेश्वरी वा वाह्रकुने पुग्ने छन् । भने रानीजरुवा हुदै मसिना आउने का लागि पनि सुविधा भएको छ ।

‘अब त रिंगरोडको रेखांकन यसैलाई मान्नुपर्छ’ रानिजरुवा टोल विकास संस्थाका अध्यक्ष सतबहादुर रोकाले भने, ‘भगवान गौतम बुद्धको दर्श गर्नेले गुम्बा पनि साथ साथै भेटाउने भए ।’घोराहीको चर्चित एवं महत्वपुर्ण धार्मिक पर्यटन नमछु बौद्ध गुम्बा ढोडेनीलाई पनि त्यहि बाटोले छुन्छ । समितिका अध्यक्ष समेत रहेका रोकाका अनुसार त्यसको विकासमा पनि सहयोग पुगेको छ ।

वल्लो गाउँ र पल्लो गाउजस्तो खारखोलाले चिरेर अलग पारेको देखेपछि घोराही नगरपालिकाका प्राविधिक विरबहादुर वली पग्लिए । थोरै लगानि बाट धेरैले लाभ लिन सक्ने देखेपछि हु्रयुम पाईपको व्यवस्था गर्नु पहल थाल्नुभयो । दुई वटा खोलामा ह्रयूम पार्ईप हालेपछि सामान्य सो हरेर पिपल खाली रानीजरुवाको बाटो चालु भयो ।

पिपल खाली मसिनाका लागि डेढलाख बजेटले सामान्य बाटो बनायो । खानेपानीका पाईपहरु बिच्छाईएकाले सानो लगानिले राम्रो बाटो बनाउन नसकिएको प्राविधिक वलीको भनाई छ । आगामि बेजेट बाट थप व्यवस्थित गर्ने गरी अहिले यातायात चल्ने व्यवस्था भएको नगरपालिकाको भनाई छ ।

थप संरचना

शरुवातीमा नाग निश्कने प्वाल मात्रै संरक्षण गरिएको थियो । त्यसका लागि हतार हतार मन्दिर निर्माण गरेको मन्दिर निर्माण समितिका सचिव केशव केसीले जानकारी दिनुभयो । नाग दिन रात निस्कन थाल्यो । काप्ने मान्छेहरु थपिदै गरेपछि थप आश्चर्य बढ्दै गयो । दाताहरु हौसिन थाले । त्यसको परिणाम जयराम वली, ऋषिराम शर्मा दाहाल, नन्दऋषि न्यौपानेको संयुक्त पहलमा प्रतिक्षालय बन्यो । माता पार्वति विकको आश्रमका लागि गणेश वेल्वासेले पहल गरे । शिव पार्वती मन्दिर र शिलास्तम्भ निर्माण भईरहेका छन् । निमेन्द्र रावतको पहलमा स्वर्गद्धारी महाप्रभुको मुर्ती स्थापना गर्न लागिएको छ ।

मन्दिर उद्घाटनका दुई वटा गाई थिए । अहिले चारवटा पुगेका छन् । तिनलाई स्वर्गद्धारीबाट आएको पार्वतीले बताइन् । त्यस बेलै थप तिन वटा गाई आउदै गरेको भन्नुभएको थियो । त्यसको केही समयपछि भगवानलाई दिएकोमा नाम भन्न मिल्दैन भनेर २० वाट क्षमताको सोलार दिए । घोराही खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले बैकल्पीक उपायबाट पानीको धारा दिएको छ ।

शुरुवात कसरी भयो ?

यसरी दान दिनेको पयो स्थानिय टेक बहादुर विकले गरेका हुन् । करिव आठ धुरप्रति जग्गा दिएपछि क्षेत्र बिस्तार गरिएको हो । डोजर लाएर मन्दिर छेउको बाटो तल सारियो । त्यसो नहुँदा उभिने ठाउँसमेत थिएन । मिनराज पाण्डेले मन्दिरमा आबश्यक झ्याल ढोका निःशुल्क दिने बचन गर्दा ठुलै सहयोग महशुस गर्दथ्यो । आबश्यक ढुंगा गिटि उठाउन दिने ईन्द्रेणी र जल्जला सामुदायीक बन उपभोक्ता समुहहरुले सहमति जनाए पछि संरचना विस्तार गर्न हौसला मिल्यो ।

घोराही ११ का टिकाराम केसिले चौतारो बनाइ दिएर तिर्थालुलाई सजिलो बनाइ दिए । त्यसरी मान्छेहरुलाई प्रभावित पार्ने माता पार्वती (पार्वती विक) ले १९ औ“ दिनपछि अन्न चलाईन् । त्यस कारणले पनि स्थानियले साक्षात भगवान उत्पती भएको विश्वास गरे । अघिल्लो बर्ष फागुन २७ गते पहेलो रंगको सर्प प्वाल बाट बाहिर आएको देखिएपछि पार्वति विकले पुजा पाठ शुरु भएको होे । गणेश मन्दिर र गोशाला उद्घाटन गत मंसीर ६ गते सिंचाई मन्त्रि दिपक गिरीले गरेका थिए ।