prachanda-11तुलसीपुर २२ मंसिर । प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड आज बुधबार दाङ आउन लागेका छन् । सिसहनियामा निर्माण हुन लागेको राप्ती पुलको सिन्यास गर्न प्रचण्ड आज दाङ आउन लागेका हुन् । कार्यक्रममा सहभागी हुन प्रचण्ड नौ बजे दाङ आईपुग्ने नेकपा माओवादी केन्द्र दाङका ईञ्चार्ज जीवन गौतमले जानकारी दिए ।

नेपाल सरकार सडक बिभाग अन्तरगत पुल निर्माण आयोजना कोहलपुरको आयोजनामा कार्यक्रम हुने छ । त्यहाँ निर्माण हुन लागेको पुल नेपालकै दोस्रो लामो पुल हुने छ । जहाँ करिब ९ सय मिटर पुल निर्माण हुन लागेको ईञ्चार्ज गौतमले जानकारी दिए । नेपालकै सबै भन्दा लामो पुल कर्णाली नदिमा निर्माण भएको छ । साथै प्रचण्डले दाङका सरकारी कार्यालयका प्रमखलाई निर्देशन र कार्यकतासंग भेटघाट गर्ने कार्यक्रम रहेको ईञ्चार्ज गौतमले जानकारी दिए ।