इन्द्रेणी संवाददाता
तुलसीपुर, २१ मंसिर । तुलसीपुरमा सञ्चालन भएको सरसफाई अभियानलाई सफल पार्न सरकारी कार्यालयका कर्मचारीहरु पनि जुटेका छन् । सरसफाई अभियानको १६ औं सप्ताहका क्रममा आज भएको सरसफाई कार्यक्रममा कर्मचारीहरुको उत्साजनक सहभागिता रहयो ।
तुलसीपुर उद्योग वाणिज्य संघले सञ्चालन गरेका ‘क्लीन तुलसीपुर, ग्रीन तुलसीपुर’ अभियानमा कर्मचारीहरुले उत्साजनक सहभागिता जनाएका हुन् ।
सो अभियानअन्तर्गत आज तुलसीपुरको (क) लाईनमा तेश्रो पटक घरदैलो एवं सरसफाई अभियान संचालन गरिएको अभियानका संयोजक एवं तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले जानकारी दिए ।
