इन्द्रेणी संवाददाता
घोराही, २१ मंसिर । नेकपा माओवादी केन्द्र दाङका इञ्चार्ज जीवन गौतमले विज्ञप्ति जारी गरी अहिले विभिन्न ठाउँमा उठिरहेको अखण्डताको नारा देशलाई संघीयतामा जान नदिने षड्यान्त्र भएको बताएका छन् ।

untitled-1-copyआज जारी विज्ञप्तिमा भनिएको छ, ‘ अखण्डताको नारा बोकेर देशलाई संघीयतामा जान नदिने र घुमाइफिराई पश्चगमनतर्फ लैजाने दुस्प्रयास हो । मधेशी, थारु तथा उत्पीडित जनताहरुलाई राष्ट्रघाती देख्ने मण्डले राष्ट्रवादका विरुद्ध सचेत र संगठित हुँदै राष्ट्रिय एकता कायम गर्नु आजको हामी सबैको प्रमुख दायित्व हो ।’

विज्ञप्तिमा संविधान कार्यान्वयनको पक्षमा उभिदै कथित आन्दोलनमा सहभागी नहुन र देश, जनता एवं संघीयताप्रति दृढतापूर्व उभिन जनसमुदायलाई अपिल गरिएको छ ।