काठमाडौं, २१ मंसिर। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग यूरोपेली यूनियनका राजदूत रिन्चे टीरिन्कले भेट गरेकी छिन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र टीरिन्कबीच नेपालको संविधान कार्यान्वयन र शान्ति प्रक्रिया लगायतका विषयमा छलफल भएको हो ।

dsc0937-848x478भेटमा प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रियाको सफलताका लागि यूरोपेली यूनियनले खेलेको भूमिका लागि धन्यवाद दिँदै भूकम्पपछिको पूनर्निर्माण एवं विकासका क्षेत्रमा गरेको सहयोगको प्रशंसा गरेका थिए ।

भेटमा राजदूत टीरिन्काले नेपालको शान्ति प्रक्रिया विश्वमै मौलिक भएको भन्दै यसबाट विश्व समुदायले सकारात्मक शिक्षा लिनसक्ने बताउँदै नेपालको संविधान कार्यान्वयन सफलतापूर्वक अगाडि बढ्नेमा यूरोपेली यूनियन विश्वस्त रहेको जानकारी दिए ।