इन्द्रेणी संवाददाता
घोराही, २१ मंसिर । घोराही¥११ स्थित विकास नगर टोल विकास संस्थाको अध्यक्षमा पुनः घनश्याम गिरी चएन भएका छन् । संस्थाको तेस्रो साधारण सभाले गिरीलाई अध्यक्षमा चयन गरेको हो ।

टोलको उपाध्यक्षमा सुनिता ओली, सचिवमा पुनम पुन, कोषाध्यक्षमा भावना ओली र सदस्यमा लोकराज न्यौपाने, टोपबहादुर कंवर, खुसलराम पुन, भिमा कंवर र चुमान गौतम चयन भएका छन् ।

टोल विकास संस्थाका अध्यक्ष घनश्याम गिरीको अध्यक्षता तथां घोराही नगरपालिकाका नायव सुब्बा कुमारसिंह पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष एवं सल्लाहकार भोपलाल रोका, टोलका अगुवा चेतबहादुर राहु, जनप्रतिभा टोल विकास संस्थाकी अध्यक्ष सनम केसी, रतनपुर टोल विकास संस्थाका सचिव सुनिल गौतम, वडा नागरिक मञ्चका संयोजक धना जिसी, स्थानीय गिता गिरी, शालिकराम पाण्डेले बोलेका थिए ।

सो अवसरमा सांस्कृतिक संयोजक भोपलाल रोका, बाटो पीच निर्माण उपभोक्ता समितिका अध्यक्ष चुमानप्रसाद गौतम, टोलका जेष्ठ नागरिक बासुदेव ओली र एकल महिला सतिदेवी कुमाललाई सम्मान गरिएको थियो ।