जंग रेउले
घोराही, २१ मंसिर । विप्लवनिकट अखिल (क्रान्तिकार) विद्यार्थीले महेन्द्र बहुमुखी क्याम्पसमा इकाइ कमिटी गठन गरेको छ । विद्यार्थीको संगठन सुदृढ तथा अभियानअन्तर्गत आज घोराहीको महेन्द्र बहुमुखी क्याम्पसको शिक्षा संकायको विएड प्रथम वर्षमा इकाई गठन गरेको हो ।
लेखराज वलीको अध्यक्षतामा २३ जना सदस्यसहितको इकाई कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा मनिसा विक, सरु नेपाली र डिल्लीबहादुर पुन , दिपा राणा, सचिवमा चन्द्रप्रकाश सुनार, सह–सचिवमा सविता चौधरी, प्रकृति रोका, मनिसा के.सी. र कमला श्रेष्ठ र कोषाध्यक्षमा समिक्षा रेग्मी रहेका छन् ।
जिल्ला सदस्य अर्जुन केसी अध्यतामा तथा केन्द्रिय सदस्य एवं दाङ जिल्लाका अध्यक्ष हेमन्त जिसीको प्रमुख अतिथ्यता र जिल्ला उपाध्यक्ष प्रितिमा चौधरीको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको थियो ।
