कालिकोट, १९ मंसिर । जुम्ला जिल्ला सदरमुकाम खलंगास्थित चन्दननाथ मन्दिरमा भएको मूर्ति चोरीसम्बन्धी घटना अनुसन्धानका लागि पुजारीसहित ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

9366be5b09dfa64746d17b648e3cf411घटनामा संग्लन दोषी पत्ता लगाउन केही पुजारीसहित ३० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा मन्दिर पुनर्निर्माणमा खटिएका मजदुरका साथै योगीहरूसमेत छन् । यही मंसिर दोस्रो साता रातारात दुई दर्जनभन्दा बढी बहुमूल्य मूर्ति चोरी भएको थियो ।

त्यसपछि एआईजी विज्ञानराज शर्मा नेतृत्वको टोलीले उक्त घटनाको अनुसन्धान गरिरहेको छ । टोलीमा केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०का डीएसपी अरुण पौडेल, मध्यपश्चिम क्षेत्रीय प्रहरीअन्तर्गत अपराध अनुसन्धानमा सक्रिय इन्स्पेक्टर वीरबहादुर थापालगायत पनि सक्रिय छन् ।

यसैबीच चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समिति जुम्लाका अध्यक्ष गौरीनन्द आचार्यले आफ्नो पदबाट राजीनामा दिएका छन् । गुठी व्यवस्थापन समितिको प्रमुख संरक्षक रहेको जिल्ला प्रशासन कार्यालयले निलम्वन गर्न गुठी संस्थान केन्द्रीय कार्यालयलाई सिफारिस गरेपछि अध्यक्ष आचार्यले ‘नैतिकताका आधारमा’ पदबाट राजीनामा दिएका हुन् ।