घोराही, मंसिर १९ । जिल्ला प्रहरी कार्यालय दाङको बिशेष प्रहरी टोलीले अवैध सालको काठसहीत २ जनालाई पक्राउ गरेको छ । ३ क्युफुट अवैध सालको काठसहीत २ जनालाई प्रहरी टोलिले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरी टोलीले गढवा ३ अतरबेदुवा स्थित गढवा १ बस्ने बर्ष २१ को राजेन्द्र चौधरी , सोही ठाउ निवासि अर्जुन चौधरीलाई २ वटा साईकलमा रहेको अबैध ३ क्युफुट साल जातको काठसहीत पक्राउ परेको दाङका प्रहरी प्रमुख धिरजप्रताप सिँहले जानकारी दिए ।
साइकलमा सालको काठ ओसार पसार गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरी आबस्यक कारबाहीको लागी बरामद काठ सहित ईलाका बन कार्यालय ढवा दाङमा पठाईएको उनले बताए । फरार अपराधी पक्राउ ,गुण्डा गर्दी ,जुवा तास,तस्करी समेत नियन्त्रण गर्न दाङ प्रहरीले विशेष अभियान चलाउदै आएको छ ।
