काठमाण्डौ, ८ जेठ
विश्व स्वास्थ्य संगठनले अफ्रिकामा पनि जिका भाइरसको संक्रमण देखिएको पुष्टि गरेको छ । अमेरिकामा हजारौँ शिशुमा जन्मजात स्वास्थ्य समस्या देखिनुमा जिम्मेवार जिका भाइरस अफ्रिकामा पनि देखिएको संगठनले पुष्टि गरेको हो ।jika

संगठनका अनुसार पश्चिम अफ्रिकाको केभ भर्ट टापुमा दक्षिण अमेरिकाकै जस्तो भाइरस देखिएको छ । यो अरु क्षेत्रमा पनि फैलनसक्ने भएकाले पूर्व तयारीमा रहनुपर्नेमा संगठनले जोड दिएको छ । यसैबिच अमेरीकी राष्ट्रपति बाराक ओबामाले जीका भाइरससँग लड्न आफूले माग गरेको एक दशमलव ९ अर्ब डलरको प्याकेजप्रति पूर्ण समर्थन नगरेकोमा अमेरिकी कंग्रेसको आलोचना गर्नुभएको छ ।

क्षेत्रीय रुपमा फैलिरहेको जिकाको संक्रमण अमेरिका र उसको नियन्त्रणमा रहेको भूभागका २ सय ७९ गर्भवतीमा देखिएको स्वास्थ्य अधिकारीले बताएका बिबिसीले जनाएको छ । तर त्यसलाई नियन्त्रण गर्न माग गरेको रकम प्याकेजमा समर्थन नगरेपछि ओबामाले कंग्रेसको आलोचना गर्नुभएको हो ।।