शान्तकुमार वुढा मगर

इन्द्रेणी संवाददाता
दाङ, ८ जेठ
दाङ देउखुरी समाज यु.ए.ई.ले देउखुरी गंगापरस्पुरका अग्नि पिडितहरुलाई राहत प्रदान गरेको छ ।

chama

लामो समय देखि वैदेशिक रोजगारीका सिलसिलामा युएई का विभिन्न क्षेत्रमा छरिएर रहेका दाङका युवाहरुको सहयोगमा गंगापरस्पुर ६ खेज्रौटा र वडा नं ८ बाँकीका अग्नि पिडितहरुलाई राहत वितरण गरिएको हो ।

दाङ देउखुरी समाज यु.ए.ई. ले आफ्नो स्थापना काल देखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको वताएको छ ।

aagजुद्द बहादुर भण्डारी, यम बहादुर महरा,रेखराज भण्डारी र लाल बहादुर के.सी ले गंगापरस्पुरका ५४ घर परिवार अग्नि पिडितहरुलाई प्रति परिवार १ क्वीन्टल चामलका दरले करिव २ लाख रुपैयाँ बराबरको खाद्यान्ह राहत वितरण गर्नुभएको हो ।

गंगापरस्पुर वन कार्यालयमा राहत वितरण कार्यक्रम आयोजना गरिएको थियो । आफ्नो मातृभूमिको सेवा गर्ने मौका पाएकोमा खुशी ब्यक्त गर्दै समाजको यस अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिइएको छ ।।्