दाङ ८ जेठ
दाङका द्धन्द्ध पीडितहरुले आफुहरुलाई सरकारले उपेक्षा गरेको गुनासो गरेका छन । दाङको घोराहीमा आयोजना गरीएको एक कार्यक्रममा उनिहरुले देशमा परिवर्तनका लागि आफुहरुको तर्फबाट धेरै ठुलो योगदान भए पनि आफुहरुलाई राज्यले उपेक्षाको दृष्टिले हेरेको उनिहरुले दुखेसो पोखेका हुन ।conflict

बेपत्ता पारिएका ब्यक्तिहरुको छाबिन आयोग नेपालको आयोजनामा कार्यक्रम भएको हो । स्थानिय शान्ति समिति दाङका संयोजक नरेशजंग राणाको अध्यक्षता तथा बेपत्ता पारिएका ब्यक्तिहरुको छानबिन आयोग नेपालका सदस्य बिजुलि बि.क दुलालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि दुलाले अहिले सम्म नेपालभरबाट आयोगमा ७५ प्रतिशत भन्दा बढि उजुरि दर्ता भैसकेको जानकारी दिनुभएको छ । उहाले आयोगले द्धन्द्धपिडित परिवारहरुकोलागि परिचयपत्र बितरण, छात्रबृतिको ब्यबस्था, निशुल्क औषधि उपचारको ब्यबस्था, सहुलिएतमा क्रृण, रोजगारिको ब्यबस्था गरिने पनि जानकारी दिुभयो ।

कार्यक्रममा दन्द्धपिडित परिवारहरुले हरुले बिभिन्न जिज्ञासा राखेका थिए । उनिहरुले द्धन्द्धको समयमा बेपत्ता पारिएकाहरु अझैनि घर फर्कने आशा गरिरहेको बताएका छन् । कार्यक्रममा गोल्टाकुरी ४ कि कमला परियारले श्रीमान बेपता भएको करिव १३ वर्ष बितेपनि अहिले सम्म आफुले कुनैपनि राहत नपाएको बताउनुभएको छ ।

उहाले सरकारले बेपता परिएकाहरुको लागि प्रति परिवार दशलाख रुपैया राहातको व्यावस्था गरेपनि आफुले त्यो रकम पाउन नसकेको भन्दै दुखेको पोख्नुभयो । त्यस्तै हेकुली ३ का सिताराम चौधरीलेसरकारले बेपता भएकाहरुको खोजीनितिका लागि सत्य निरोपण तथा मेलमिलाप आयोग गठन गरेपनि त्यसले आफुलाई न्याय दिलाउन नसकेको वताउनुभयो ।

कार्यक्रममा अधिकांस पिडित परिवारहरुले बेपता पारिएकाहरुको छानविनका लागि सत्य निरोपण तथा मेलमलिाप आयोग र बेपता छानविन आयोगमा सत्यतथ्य खोज गरी सार्वजानिक गरी सरकार संग आग्रह गरेका छन् ।स्थानिय सान्ति समिति दाङका सचिब हेमराज अधिकारीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण मनमठ्ठ कुमार उपाध्यायले गर्नुभएको थियो ।।