दाङ ७ जेठ
दाङको तुलसीपुर नगर जेसिसले सप्ताहव्यापी कार्यक्रम अन्तगत राप्ती अञ्चल अस्पताल परिसर सरसफाई गरिएको छ ।hs

साताब्यापी कार्यक्रम अन्र्तगत छैठौ दिन शुक्रवार जेसिसका पदाधिकारी, गोर्खा मोडेल कलेज र राप्ती बाल एकाडेमीका विद्यार्थीहरुले अस्पताल परिसर सरसफाइ गरेका हुन् ।

अस्पताल फोहोर भए बिरामी निको हुनुको सट्टा स्वास्थ्य समस्या झनै बल्झिने भएकाले अस्पताल परिसर सरसफाइ गरिएको जेसिसका उपाध्यक्ष ऋषिराज भण्डारीले बताउनु भयो ।सरसरफाई पूर्व भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सबैले आ–आफ्नो क्षेत्रबाट सरसफाइ गरे तुलसीपुर नगरलाई सफा र स्वच्छ बनाउन सकिने बताएका थिए ।

जेसिसका अध्यक्ष सुर्यप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै तुलसीपुर नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले नगरलाई सफा र स्वच्छ राख्ने नगरपालिकाको योजनामा सबैको साथ आवश्यक हुने बताउनु भयो ।केसीले जेसिसले जस्तै सबै संघ संस्थाले सरसफाईलाई अभियानकै रुपमा अगाडी बढाए नगरपालिकाको फोहोर ब्यवस्थापनको समस्या समाधान हुने बताउनु भयो ।।