इन्द्रेणी संवाददाता
दाङ, ८ जेठ
दाङ तुलसीपर नगरपालिका –६ लक्ष्मीटोलका स्थानीयहरुले आफ्नै सक्रियतामा डेढ किलोमिटर बाटो निर्माण गरेका छन ।
लामो समयदेखि सडक निर्माणका लागि विभिन्न निकाय तथा नगरपालिकासंग अनुरोध गर्दा कुनै सुनुवाई नभएपछि त्यहाँका स्थानीयले १५ लाखको लागतमा वाटो निर्माण गरेका हुन ।
शान्तिनगर टोलदेखि लक्ष्मी टोल हुँदै हरीपौरा जोड्ने सडक १० मिटर चौडा र नाली समेत निर्माण गरिएको स्थानीय धुर्बराज रेग्मीले जानकारी दिनुभयो । ५१ घर धुरी र जग्गा धनीको सहयोगमा प्रतिव्यक्ति ३३ हजारदेखि १० हजारसम्मको लागतमा बाटो निर्माण भएपछि स्थानीयहरु खुशी भएका छन् ।
यसअघि वर्षाको समयमा खाल्डाखुल्डी पर्ने, आवतजावतमा अप्ठेरो हुने समस्या भोगीरहेका स्थानीयले धेरै राहत महशुस गरेका छन् । थानीय टोलबासीले सडक निर्माण कार्य आफ्नै पहलमा गरेको देख्दा खुसी लागेको तुलसीपुर नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले बताउनुभयो ।।