इन्द्रेणी संवददाता
दाङ ८ जेठ
दाङको विभिन्न बिद्यालयहरुमा अध्ययन गर्ने एक हजार सात सय बढि विद्यार्थीहरुको आँखा जाँच गरीएको छ । नेपाल रेडक्रस सोसाईटी उरहरी उपशाखाको आयोजना तथा राप्ती आँखा अस्पताल रक्षाचौरको प्रबिधीक सहयोगमा सञ्चालित आँखा शिबीरमा विद्यार्थीहरुको आँखा जाँच गरीएको हो ।eye

सञ्चालन गरीएको आँखा शिबीरमा पशुपती माबि हरीपौरीका ३ सय ७३, माबि मधपुर गोल्टाकुरीमका ३ सय ७३ जना, अम्मर उच्च माबि उरहरीमा ७ सय ३२ जना, जनज्योती माबि फुलबारीमा ३ सय ६ जना गरी १ हजार सय ८१ जना बिधार्थीहरुको आँखा जाँच गरीएको छ ।

आँखामा केही समस्या देखीएकाहरुले थप जाच गरी चस्मा लाउन सुझाब दिईएको नेत्र सहायक श्रृजना खनालले बताउनुभयो । आँखा शिबीर आँउदो मंगलबार र बुधबार उरहरीको चन्द्रोदय बिधाकुञ्ज र दिब्यजोती स्कुलमा सँचालन गरीने नेपाल रेडक्रस सोसाईटी उरहरीले बताएको छ ।।