रोल्पा, ८ जेठ
मध्यपश्चिम प्रहरी प्रमुख डिआइजी माधव प्रसाद नेपालले कुनै पनि राजनीतिक दबावमा नपरी प्रहरीले कानुन बमोजिम काम गर्ने बताउनुभएको छ । जिल्ला अनुगमन तथा भ्रमणका क्रममा रोल्पा पुग्नुभएका प्रहरी नायब महानिरीक्षक नेपालले जिल्ला प्रहरी कार्यालय रोल्पामा भएको सरोकारवाला निकायहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।
अपराधमा संलग्न जो कोहिले पनि छुटकारा नपाउने उहाँले वताउनुभयो । कतिपय अपराधिक मुद्दामा कानुन नभएको भन्दै उहाँले देशमा आत्म हत्याको घटना धेरै हुने गरेको जानकारी दिनुभयो ।
विभिन् ठाँउमा काठ तस्करीको घटना वढेको भन्दै उहाँले त्यसमा बन मन्त्रालयले हेर्नुपर्ने बताउनुभयो ।।
