गोविन्द खड्का
घोराही, १८ मंसिर । जमिन, भौतिक संरचना र दुईजना नियमीत कर्मचारी सहित झण्डै करोड लगानीमा च्याउखेति थालिएको छ । घोराही ९ बाहुन डा“डाका ढोक्रेटोलका मनिराज पुनले गौमुखि च्याउ उद्योग चलाउनुभएको हो । ‘सिकाएको प्रथम भयो । हामिले दोश्रो पुरस्कार जित्यौ ।’ एक पछि अर्को ढोका उघार्दै र च्याउ देखाउदै घोराही ९ बाहुन डाडा ढोक्रेटोलका मनिराज पुनले भन्नुभयो, ‘सिक्दै सिकाउदै गछौ“ ।’

100_5013एउटा टहरा भित्र चार खण्ड बनाईएको छ । त्यहा“ एक हजार सात सय बढि पोका राखेको पुनले जानकारी दिनुभयो । भित्र पस्ने वित्तीकै निख्रिन लागेका जस्तो काला काला पोका प्लाष्टिक झोल्लीएको जस्ता देखिन्छन् । ‘दाङमा पहिलो पटक च्याउ बजार लैजाने हामिले हो’ पुनले भन्नुभयो, ‘भदौ देखि शुरु भएको अझै केहि महिना दिन्छ ।’ उहाका अनुसार अहिले पनि पलाईरहेको छ ।

अर्को खण्डमा भरर्र उम्रिएका च्याउ छन् । टिप्ने तयारी अबस्थाका र केहि घण्टा पछि टिप्न मिल्ने जस्ता बौरीएका । अलि अर्कोमा पुग्दा भर्खर पोका टंगाएका छन् । सबै भन्दा पर पुग्दा ढुसि बसेको मात्रै देखिन्छ । एउटा खण्डमा बेचि सकिदा अर्कोमा बेच्न शुरु गरीन्छ । यसले च्याउ छैन भन्ने नै हुदैन । जुन बेला जति आवश्यक पर्छ लैजान सक्छन् । भोलि आउनु भिन फकाएउनुपर्दैन ।

100_5024

यसो त हप्तामा एक लाख बढिको च्याउ बेचेको जानकारी दिनुभयो । अहिले दोश्रो सिजन चलाईरहेका पुनलाई कति उत्पादन भयो भनेर रेकर्ड राख्नै मुश्किल छ । ‘शुरुमा अलि अलि टिपोट गरीयो’ पुनले भन्नुभयो, ‘पछि हुत्त हुत्त आउछ । लेखेर साध्यै हुन्न ।’ साथमा रहेका कर्मचारी कृष्ण बहादुर घर्ति मुसु मुसु हा“स्दै पुनको कुरामा गासि लाल्नुभयो, ‘आफन्तहरुलाई त्यतिकै कति दिईयो कति ?’ उहाले थप्नुभयो, ‘विउ पनि दिन्छौ । पोका मात्रै लैजानेलाई पनि बेच्ने गरेका छौ“ ।’ यसरी साहु संगै साख्खीने खुशि कर्मचारीमा तलबले ल्याएको होईन । जति विक्री हुन्छ त्यसको ३५ प्रतिशत लाल बहादुर घर्ति सहित दुईजना कर्मचारीको हुन्छ । लगानी पुनको एकल छ ।

छिट फुट काम गर्ने र सिक्ने नियमित हुन्छन् । यति जना भन्ने नै हुदैन । आधा विघाह जमिनका मालिक पुनले विभिन्न प्रयोजनका लागि टहरा बनाएका छन् । पोका पार्ने, पराल काट्ने, बोक्ने थुप्रै काममा जरुरत पर्छ । त्यस बेला आउनेहरुले दैनिक एवं काम अनुसारको पारी श्रमिक लिन्छन् सिकेर जान्छन् । त्यस बाहेक खोजिभएको ठाउमो सिकाउन जानेकाम पनि चलिरहेको छ । कृषिका मान्छेहरु पनि म कहा सिक्न आउछन् पुनले भन्नुभयो,

पिरलो परालको
टुक्रा टुक्रा परेको पराल धुलो भई सकेको हुन्छ । धुलो भयो भने बनाउनै सकिन्न । त्यसैले थ्रेसर लगाएको पराल च्याउखेतिका लागि उपयुक्त छैन । ‘आठ दश विघाहको पराल चाहिन्छ पाईनै छोड्यो ।’ उहाले व्यवसायीलाई थोरैले नहुने जानकारी दिदै थप्नुभयो, ‘ थे्रसरको पराल धुनेबेला धेरै घाटा हुन्छ ।’ उहाका अनुसार झाटेको पनि राम्रो हुन्न । गोरु टेक्टरले दाएको एक दम राम्रो हुन्छ ।

100_5048

सफाईमा ध्यान
च्याउ बनाई रहेको ठाउ“मा महिना बारी भएकालाई बर्जित छ । छुटै टहरा बनाएर पोका पार्ने ठाउ“ संरक्षण गरीएको छ । जहा साउण्ड सिष्टम, चिसो तातो प्युनेको समेत व्यवस्था गरीएको छ । सरसफाइमा ध्यान दिनुपर्ने संक्रमीत हुन सक्ने भन्दै चोखो निति ल्याईएको पुनले बताउनुभयो । जसले पोका पार्ने काम गर्नेहो त्यसले पहिला आफ्नो शरीर स्प्रेय गर्नुपर्छ । हात खुटा सबैमा त्यसरी शुद्धिकरण गरेपछि मात्रै टहरा भित्र पस्न पाईन्छ । फोहरले च्याउ विग्रीन्छ ।

100_5049शौचालय गएर फर्केपछि पनि उसले शुद्ध हुनुपर्छ । एउटा पोकाको सात रुपैया ज्याला पाउछन् । काम गर्दाको अबधिमा चिया नास्ताको सुविधा भित्रै गरीएको छ । अहिले सम्म कसैले अनुदान दिएन । झागडा गरेरै भएपनि काट्ने मेसिन आएको छ । त्यस बाहेक सबै लगानी आफ्नै छ । काठमाण्डौ सिकेर आएपछि थाल्नुभएको हो । नत्र अरुका हेर्ने र लेखीएका सामाग्री पढ्ने सिकाईका उपाए हुन् ।

गोब्रे च्याउ
अहिले गाब्रे च्याउ बौराउन थालेका छन् । केहि लट बेचेको जानकारी दिनुभयो । त्यसले कन्या भन्दा दोब्बर कमाई दिन्छ । प्रतिकीलो पाच सयमा विक्री हुन्छ । केहि बर्ष अघि नारायणपुरमा तयार गरीएको थियो । गत बर्ष जिल्ला कृषि विकास कार्यालयले परिक्षण गर्न उबाज्यो । अहिले पुनले खेति थाल्नुभएको छ ।

100_5052त्यसका लागि कम्पोष्ट बनाउन सबै भन्दा धामा छ । मान्छेहरु काम गर्न मान्दैनन् । हरेक चार चार दिनमा त्यसलाई वर्काई फकाई गर्नुपर्छ । निकै गन्हाउछ । एक दिन काम गरेकोल अर्कोदिन फर्किहेर्न समेत चाहान्न । अधिकतम २५ डिग्री ताप चाहिने भएकाले बाहै महिना गोब्रेच्याउ उत्पादन सम्भव छैन । ग्राहकले गोला गोला च्याउ भनेर त्यहि मनपराउने गरेका छन् । ‘एक लाख त कमाउनै पर्छ’ पुनले भन्नुभयो, ‘त्यो भन्दा राम्रो हुन्छ । आएको आई बेचेको बेच्यो गर्नुपर्छ ।’ कृषिको तालिम आफैले दिएको बताउनुभयो ।

विकास र संरचना
टिनको गोलो आकार बनाएर च्याउ पकाउने चुलोमा पंखा जोडिएको छ । त्यसले आगो फुकेर तिनवटा ड्रममा एकैचोटि च्याउ पकाईन्छ । लाईन नहुदा सोलार प्रयोग गरेर चुला बालिन्छ । अर्को टहरामा पराल काट्ने मेसिन छ । कम्पोष्ट मल तयार गर्न प्लाष्टिक खोलेर छुटै संरचना बनाईको छ ।

गत बर्ष चैतमा सबै भन्दा ठुलो आकारको च्याउ उत्पादन गरेको पुनले दावि गर्नुभएको थियो । उहा“ले १२ ईञ्च एवं एक फुट आकार र एक किलो तौलको च्याउ उत्पादन गर्नुभएको थियो । गौमुखी च्याउ उद्योग चलाउनुभएको छ । बजारीकरणमा केहि समस्या छ । बिगारेकाले पनि राम्रा च्याउको मुल्य खोज्छन् । ग्रँहकले कम रेटमा खोज्छन् । एक सय रुपैया किलो माग्ने धेरै छन् । त्यसले लगानि उठ्दैन । दुई सय रुपैया भन्दा तल नझरेको बताउनुभयो ।