15285010_1384146591619754_2359937338613153936_nशरद रेग्मी, तुलसीपुर १९ मंसिर ।  तुलसीपुरको योङ स्टार यूवा कल्बका खेलाडीहरु मत्रिपूर्ण क्रिकेट खेल्नका लागि थाइल्यान्ड जाने भएका छन । थाइल्याण्डको स्थानीय कल्बको निमन्त्रणामा डिसेम्बर ९ देखि १४ तारिकसम्म हुने खेलमा सहभागिता जनाउनका लागि रुपेश शर्माको कप्तानीमा टिम थाईल्यान्ड प्रस्थान गर्ने जानकारी दिइएको छ ।

आगामी  मंसीर २४ गते १३ जना खेलाडी सहित २१ जनाको टोलि थाईल्यान्ड प्रस्तथान गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।  रिपोटर्स क्लव नेपाल दाङ शाखा तुलसीपुरमा  शनिवार आयोजित कार्यक्रममा त्यस्तो जानकारी दिइएको हो ।

क्याप्टेन शर्माको नेतृत्वमा  दिपेश शाक्य , सुदिप नेपाली , दिवान पुन,आाशिस सिंह, आकाश शिंह,सोनु तामाङ,प्रशन्न शाक्य , प्रबिन अधिकारी, सफल कुमार पुरी, केशब अधिकारी, बिर सिंह आली,ऋषि राज लहरे मैत्रीपूर्ण खेलका लागि थाईल्याण्ड प्रस्ताथ गर्ने छन् । त्यस्तै अफिसियल टिम कोचका रुपमा  बिनिल केसी,टिम म्यानेजरमा सिताराम शर्मा आचार्य, मिडिया म्यानेजर हेमेन्द्र खड्का, टिम फिजियो डा. सुबोध कुमार शर्मा, टिम एनालिष्ट हेमराज बस्नेत,असिष्टेण्ट टिम म्यानेजरमा राम प्रशाद सापकोटा , अफिसेल शिखर बिश्वकर्म र गणेश शाही थाईल्याण्ड जाने छन् ।

थाईल्यान्ड पुगेपछि दंगाली टोलिले त्यहाँ तीन वटा  खेल खेल्ने र त्यसमध्ये  दुई वटा खेल थाईल्याण्डको राष्ट्रिय टिमसंग खेल्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । कल्बका अध्यक्ष सिताराम आर्चायको अध्यक्षता तथा तुलसीपुर उध्योग बाणीज्य संघका अध्यक्ष बिमल रिजालको प्रमुख आथित्यता र बाणिज्य संघका पूर्व अध्यक्ष हेमन्त रिजाल अनि दाङ जिल्ला खेलकुद बिकास समिति अध्यक्ष डिल्लीबहादुर डाँगीको बिशिष्ट आथित्यमा पत्रकार सम्मेलन गरिएको थियो ।

त्यसक्रमा क्रिकेट खेल्न थाईल्याण्ड जान थालेको क्रिकेट टोलिलाई सफलताको शुभकामना प्रदान गरिएको थियो । प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत उपस्थित सबैले थाईल्याण्ड जाने खेलाडीहरुलाई सफलताको शुभकामना प्रदान गरेका थिए । उनीहरुले देश र दाङको ख्याति विश्वभर बढाउन आग्रह गरेका थिए ।
यसैविच कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष रिजालले तुलसीपुर उद्योग वाणिज्य संघले संघले अरनीको मैदानमा आयोजना गर्न गइरहेको  ब्यापार महोत्सवबाट उठेको केही रकम मैदानको स्तरउन्नतीको लागि खर्चगर्ने प्रतिबद्धता जाहेर गरेका थिए । तर, उनले कति प्रतिसत रकम भनेर उल्लेख भने गरेनन् ।

दाङमा पाँच वटा क्षेत्रीय टुनामेन्ट आयोजना हुने , दाङवाट २६४ खेलाडी छनौट
सातौ राष्ट्रिय क्षेत्रीय खेलकुद प्रतियोगितामा सहभागिता जनाउन दाङवाट विभिन्न खेलका २६४ खेलाडी छनौंट गरिएका छन् ।  मध्यपश्चिम क्षेत्रीय प्रतियोगीताको उद्घाटन  यही मंसिर २० गते बाँकेको  नेपालगञ्जम हुँदै छ ।

उक्त क्षेत्रीय टुनामेन्टमा १८ वटा  स्पर्धामा प्रतिपार्ध गर्नका लागि दाङबाट २ सय ६४ जना खेलाडी छनौंट गरिएको दाङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले राप्ती समाचारलाई जानकारी दिए । क्षेत्रीय प्रतियोगितामा कराँते, तेक्वान्दो , बकसिङ् , जुरो, उस्सु, भलिबल , फुटवल, बास्केटबल, क्रिकेट, टेवल टेनिस , ह्याण्ड बल , बुद्धिचाल, ब्याडमेन्टिन , एथ्लेटिक्स लगायतका १८ वटा स्पर्धामा दंगाली खेलाडीहरु भिड्ने अध्यक्ष डाँगीले बताए । क्षेत्रीय प्रतियोगिता मध्ये पाँच वटा  खेलहरु दाङमै सञ्चालन हुने पनि अध्यक्ष डाँगीले जानकारी दिए ।

उनका अनुसार दाङमा ह्यान्ड बल, बास्केट बल , टेवल टेनिस, बुद्धिचाल , महिला क्रिकेटको क्षेत्रीय टुनामेन्ट सञ्चालन हुने छ । त्यस्तै सुर्खेतमा कराँते र उस्सु, रुकुममा पुरुष भलिबल, प्युठानमा महिला भलिबल, बर्दियामा कबड्डी र अन्य सबै खेल नेपालगञ्जमै खेलाइने भएको छ ।

 खेलको २० गते युवा तथा खेलकुद मन्त्री दलजित शिर्पाईलीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको जिल्ला अध्यक्ष डाँगीले बताए ।  उक्त प्रतियोगीता बाट बिजयी भएका खेलाडीले पुर्बाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा भाग लिन पाउने छन् ।