The CPN Maoist Centre Secretariat meeting begins at the party's Central Office in Paris Danda of Kathmandu, on Saturday, September 24, 2016. Photo: PM's Secretariat

मंसीर १८, काठमाडौं । ने।क।पा। ९माओवादी केन्द्र० को केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी पोलिट्ब्यूरो बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिबारे जानकारी गराउनु भएको छ ।

The CPN Maoist Centre Secretariat meeting begins at the party's Central Office in Paris Danda of Kathmandu, on Saturday, September 24, 2016. Photo: PM's Secretariat

जारी पोलिट्ब्यूरो बैठकमा संविधान संशोधन र राजनीतिक परिस्थितिबारे प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डले नेताहरुलाई जानकारी गराउनु भएको हो । बैठकमा प्रचण्डले संविधान संशोधनमा सबै सहमति जुटाउन सरकार प्रयत्नशील रहेको जानकारी दिनुभएको छ ।

प्रधानमन्त्रीले प्रमूख प्रतिपक्षी र मधेशी मोर्चासँग सरकार निरन्तर सम्वादमा रहेको जानकारी दिँदै संविधान संशोधनमा सहमति जुटाएर सरकार स्थानीय तहको निर्वाचनको घोषणा गर्ने तयारीमा रहेको बताउनु भएको छ ।

समसामयिक राजनीतिक परिस्थिति र पार्टीको संगठनात्मक विषयमा छलफल चलिरहेको बैठकमा आइतबारदेखि नेताहरुले आ–आफ्नो धारणा राख्ने कार्यसूचि रहेको छ ।