शरद रेग्मी
तुलसीपसर, १८ मंसिर । तुलसीपुर योङ स्टार युवा क्लवका खेलाडीहरु मैत्रीपूर्ण क्रिकेट खेलका लागि थाइल्यान्ड जाने भएका छन् । थाइल्याण्डको स्थानीय क्लवको निमन्त्राणामा डिसेम्बर ९ देखि १४ तारिखसम्म हुने खेलका लागि रुपेश शर्माको कप्तानीमा मंसिर २४ गते १३ जना खेलाडीसहित २१ जनाको टोली थाइल्याण्ड प्रस्थान गर्ने छ ।

15285010_1384146591619754_2359937338613153936_nक्लवले आज तुलसीपुरमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । खेलाडीहरुले त्यहाँ रहदा ३ वटा खेल खेल्ने छन् । जसमध्ये दुई वटा खेल त्यहाँको राष्ट्रिय टोलीसँग खेल्ने छन् ।

क्लवका अध्यक्ष सीताराम आर्चायको अध्यक्षता तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिमल रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संघका पूर्वअध्यक्ष हेमन्त रिजाल, र दाङ जिल्ला खेलकुल विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले शुभकामना दिएका थिए ।