gameतुलसीपुर १८ मंसिर ।  सातौ राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तरगत नेपालगंजमा हुन लागेको मध्यपश्चिम क्षेत्रिय प्रतियोगीतामा भाग लिन दाङका खेलाडि त्यहाँ जानेछन् ।

यहि मंसिर २० गते देखी हुन लागेका १८ वटा खेलहरुमा सहभागी हुन दाङबाट २ सय ६४ जना खेलाडी त्यहाँ जान लागेका दाङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष डिल्ली बहादुर डाँगीले जानकारी दिए ।

त्यहाँ कराते, तेक्वान्दो , बकसिङ् , जुरो, उस्सु, भलिबल , फुटवल, बास्केटबल, क्रिकेट, टेवल टेनिस , ह्याण्ड बल , बुद्धिचाल, ब्याडमेन्टिन , एथ्लेटिक्सलगायतका १८ वटा खेलहरु हुनेछन् ।

त्यस मध्य पाँच खेल दाङमा हुने अध्यक्ष डाँगीले जानकारी दिए । उनका अनुसार दाङमा ह्यान्ड बल, बास्केट बल , टेवलटेनिस, बुद्धिचाल , महिला क्रिकेटलगायतका खेल हुनेछन् ।

त्यस्तै सुर्खेतमा कराते र उस्सु, रुकुममा पुरुष भलिबल, प्युठानमा महिला भलिबल, बर्दियामा कबडडी र अन्य सबै खेल नेपालगंजमै हुनेछन् । खेलको २० गते युवा तथा खेलकुद मन्त्री दलजित शिर्पाईलीले गर्ने छन् । उक्त प्रतियोगीताबाट बिजयी भएका खेलाडिले पुर्बान्चलमा हुने सार्ता राष्ट्रिय खेलकुद प्रतियोगीतामा भाग लिन पाउने छन् ।