तुलसीपुर, १८ मंसिर । मानव अधिकार तथा शान्ति समाज दाङले तुलसीपुरको वि.पी चोकमा दिप प्रज्ज्वलन गरिएको छ । २५ औ अन्तराष्ट्रिय अपागंता दिवसको अवसर पारी जिल्ला शाखा दाङले दिप प्रज्वलन गरेको हो ।
जिल्ला उप सभापती तुलसीराम सुनारको अध्यक्षतामा भएको दिप प्रज्वलन कार्यक्रममा शान्ति समाजका पुर्वकेन्द्रिय उपसभापति एवं अधिवक्ता मोहनप्रसाद धिताल, संस्थापक सभापति डिल्लीराज धिताल, राप्ती वहिरा संघकी निर्देशक प्रतिमा शर्मा लगायतले राज्यले संविधान तह निर्माण गरेका अपागंमैत्री तथा उनीहरुका हक अधिकार कार्यान्वयनमा ल्याउन जरुरी रहेको बताए ।