शोभा रावत , तुलसिपुर १८ मंसिर । तुलसिपुर नगरपालिका ४ डाँडापुत टोलमा सरसफाई गरिएको छ । त्यहाँको सरस्वती टोल बिकास संस्थाको आयोजनामा टोल तथा बाटो सरसफाई गरिएको हो । उक्त टोल बिकास संस्थामा आबद्ध पदाधिकारीको सक्रियतामा टोल तथा सडकमा रहेका अनाबश्यक झारपात लगायत अन्य फोहर ब्यबस्थापन गरेको अध्यक्ष शुरेस रावतले जानकारी दिए ।
सडक वरपर फोहर हुँदा दुर्गन्ध फैलिएको र अनाबस्यक झारपातले सडक संघुरो हुँदै गएकाले सरसफाई गरिएको अध्यक्ष रावतको भनाई थियो । उनका अनुसार शनिबार सबैको बिदाको दिन भएकाले त्यस्को सदुपयोग गर्दै सरसफाई गरिएको हो । साथै शनिबार भएको टोलको बैठकले बिभिन्न निर्णय पनि गरेको छ ।
टोल बिकास संस्थाले टोललाई प्रत्यक हप्ता टोल सरसफाई गर्ने, छाडा रुपमा छोडिएका पशु चौपायाकोलाई नियणत्रणमा लिने, संस्थाको साभाm बोर्ड निर्माण गर्ने लगायतका निर्णय गरेको छ । साथै टोलमा छोडिएका छाडा पशु चौपायको मालिक पत्ता लगाई जिम्मा लगाउने तथा फेरी पनि छाडा छाडेमा नियम अनुसार कानुनी दायरामा ल्याउने पनि संस्थाले निर्णय गरेको छ ।
साथै अध्यक्ष रावतले अन्य टोल बिकास संस्थालाई यस्ता सरसफाईका कार्यक्रम गर्न अनुरोध पनि गरेका थिए । उनले भने‘ कुनै पनि काम गर्दा आफुबाट शुरु गन पर्छ, अब हामीले गरेको काम बाट अरु टोल बिकास संस्थाले पनि पाठ सिक्नु पर्छ । ’ उनले उक्त टोलमा बसोबास गर्ने जो कोहीले पनि आफ्नो घर वरपरको फोहर आफै ब्यबस्थापन गर्न पनि अनुरोध गरेका छन् ।
साथै उक्त टोलमा एउटा प्रतिक्षालय आबश्यक रहेको भन्दै त्यस्का लागि आफुहरुले त्यस्को प्रक्रियामा रहेको बताएका छन् । त्यहाँ आवत जावत गर्न बस्ने बिसाउने ठाउ नभएकाले प्रतिक्षा निर्माण गर्न सबै टोलबासी सक्रिय रुपमा लाग्ने बताएका छन् ।
