काठमाडौं, १८ मंसिर । उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख ओनसरी घर्तीबीच आज भेटवार्ता भएको छ ।

03122016123017meet-1000x0उपराष्ट्रपतिको निवासमा भएको भेटका क्रममा सभामुख घर्तीले व्यवस्थापिका–संसद्मा भइरहेका गतिविधि, मङ्सिर ५ देखि ११ गतेसम्म आफूले गरेको रसिया भ्रमण र दुबईमा हुने महिला सभामुखहरुको अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन जान लागेको बारे जानकारी गराएकी थिइन् ।

सभामुख घर्तीले पछिल्लो अवस्थामा राजनीतिक दलहरुबीच संसद्मा देखिएको मतभिन्नता अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरुसँग आफूले छुट्टाछुट्टै छलफल गरेको जानकारी गराएको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले बताए ।