रुकुम, १८ मंसिर । रुकुमको छिबाङ गाविस जातिय छुवाछुत मुक्त तथा सद्भावयुक्त गाविसको रुपमा घोषणा गरिएको छ ।

5d52ed3561e18d203170638402018c4cजिल्ला विकास समिति रुकुमका योजना तथा प्रशासकीय तथा योजना अधिकृत नारायण चापाँगाईले जातिय छुवाछुत मुक्त तथा सद्भावयुक्त गाविसको रुपमा घोषणा गरे ।

छिबाङ सँगै जातिय छुवाछुत मुक्त तथा सद्भावयुक्त घोषणा गरिएको गाविस संख्या जिल्लामा १८ पुगेको छ ।

२०२० सालको मुलुकी ऐन देखि २०७२ सालको नयाँ संबिधानले समेत जातिय छुवाछुत मुक्त देशको रुपमा घोषणा गरिएको भएपनि रुकुमका गाउँगाउँ भने पछिल्लो समय गाविसपिच्छे औपचारिक कार्यक्रमको आयोजना गरेर जातिय छुवाछुत मुक्त तथा सद्भाबयुक्त गाविसको रुपमा घोषणा गरिदै आएको छ ।