भक्तपुर, १८ मंसिर । भक्तपुरमा आठ हजारको हाराहारीमा यौनकर्मी महिला रहेको एक तथ्यांकले देखाएको छ । यौनकर्मी महिला तथा त्यसका ग्राहकको क्षेत्रमा कार्यरत कम्युनिटी एक्सन सेन्टर (सीएसी) नेपालले जिल्ला एड्स समन्वय समिति ९ड्याक० भक्तपुरमा दिएको प्रतिवेदनमा उक्त तथ्यांक उल्लेख गरिएको हो ।

palpal_432_288त्यस्तै उक्त प्रतिवेदनमा ती यौनकर्मी महिलाका १० हजारभन्दा बढी ग्राहक रहेको उल्लेख रहेको ड्याक भक्तपुरका संयोजक शंकर बस्नेतले जानकारी दिए । उनका अनुसार एचआइभी एड्स संक्रमणका दृष्टिले यौनकर्मी महिला बढी जोखिममा छन् । अघिल्लो वर्ष ३९ जना यौनकर्मी महिलामा एचआइभी एड्स पोजिटिभ पुष्टि भएको यस वर्ष तीनजना थपिएको उनले जानकारी दिए ।

‘यस वर्ष एक हजार तीन सय ५५ जनाले एचआईभी परीक्षण गराएकोमा तीन जना यौनकर्मी महिलामा पोजिटिभ देखिएको थियो’, संयोजक बस्नेतले भने, ‘अघिल्लो वर्ष ३९ जना यौनकर्मी महिलामा एचआइभी पोजिटिभ देखिएको थियो ।’

ड्याकको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा गएको असारसम्ममा १४ जना नयाँ एचआईभी पोजिटिभ बढेका छन् । अघिल्लो वर्ष एक सय ३२ जना रहेकोमा असारसम्म एक सय ४७ जना पुगेका हुन् । जसमा ८८ जना पुरुष, ५४ जना महिला र पाँच जना तेस्रो लिंगी रहेका छन् । यसमध्ये भक्तपुरमा १२ जनाले मात्रै एचआइभीको जीवनदायिनी औषधि एन्टीरेट्रोभाइरल (एआरटी) खाइरहेका छन् ।

एआरटी खाने संक्रमितहरुको संख्या कम भएकाले बाँकीबाट भक्तपुरमा एचआइभी एड्सको संक्रमण बढ्ने आशंका गरिएको छ । गत वर्ष थपिएका १४ जना एचआईभी पोजिटिभमा पाँच जना लागूपदार्थ दुव्र्यसनी र तीनजना महिला यौनकर्मी रहेका छन् ।

त्यस्तै एकजना यौनकर्मी महिलाका ग्राहक, एकजना पुरुष यौनकर्मी, एकजना तेस्रो लिंगी, एकजना महिला लागूपदार्थ दुव्र्यसनी, एकजना पुरुष समलिंगी, एकजना महिला गृहिनी र एकजना आप्रवासी मजदुर रहेका छन् ।

लागूपदार्थ दुव्र्यसनको क्षेत्रमा कार्यरत संघसंस्थाहरुका अनुसार भक्तपुरका सुइमार्फत् लागूऔषध प्रयोगकर्ता एचआईभी÷एड्स संक्रमणको पहिलो स्थानमा छन् । गत वर्ष नौसय ९८ जना लागूपदार्थ दुव्र्यसनीहरुको एचआइभी जाँच गरिएकोमा पाँचजनामा पोजिटिभ देखिएको थियो ।

भक्तपुरमा लागूपदार्थ दुव्र्यसनीहरुको संख्या दिनप्रतिदिन बढिरहेको ती संस्थाहरुको तथ्यांकले देखाउँछ । भक्तपुरमा करिब पाँच हजार लागूपदार्थ दुव्र्यसनी रहेको जिल्ला एड्स समन्वय समितिको अनुमान छ । त्यस्तै नीलहिरा समाज (बीडीएस) ले भक्तपुरमा करिब एक हजार तीन सय जना तेस्रो लिंगी रहेको प्रतिवेदन दिएको समितिले बताएका छन् ।