काठमाडौं, १८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शम्सेर राणाले एमाले सहमतिमा नआएपनि संविधान संशोधन हुने बताएका छन् । सकेसम्म सहमतिका लागि प्रयास हुने र नभए एमाले नआएपनि संविधान संशोधन हुने उनले बताएका हुन् ।

pasupatiमधेशवादी दलहरुले असन्तुष्ट जनतालाई देखाउनका लागि विरोध गरेको जस्तो देखिएपनि अन्ततः संविधान संसोधनमा सहमत हुने उनको दावी छ । ‘अहिले केहीहदसम्म मधेसी पार्टीले आफ्ना समर्थकलाई सम्बोधन गर्नका लागि निहुँ मात्र खोजेका हुन्’ पत्रकार भेटघाटमा राणाले भने ‘नाटकिय ढंगले विरोध गरेको जस्तो देखिएको भएपनि दुई तिनवटा कुराहरुमा सामान्य हेरफेर गरेजस्तो देखाएर उनीहरु स्वीकार गरेर आउँछन् ।’

उनले पाँच नम्बर प्रदेश टुक्रिएको विरोधमा भएको आन्दोलन जनताले स्वतःस्फूर्त रुपमा विरोध गरेको नभई एमालेले भड्काएको आरोप लगाए । ‘आन्दोलन नभड्केको भए हुने त्यो जनता स्वतस्फूर्त होईन एमालेको गडबढी हो’ उनले भने ।