15281088_641904325997498_1701463372_nतुलसीपुर १८ मंसिर ।  सवारी दुर्घटनामा परी मृत्यु भएका आफन्तले शनिबार बिहानै देखी गरेको चक्का जाम खुलेको छ । मृतकका परिवारले बिमाले तोकेको क्षति पुति पाउने भएपछि साँझ ४ बजे देखी चक्का जाम खुलेको हो । अहिले तुलसीपुरबाट बाहिरीने तथा भित्रने सबै सवारीका साधन सहजै सञ्चालनमा आएका छन् ।

उनीहरुले ठक्कर दिने गाडिको चालकलाई कानुनी दायरमा ल्याउन माग गर्दै शनिबार दिन भर तुलसीपुर बजारमा चक्का जाम गरेका थिए ।उनीहरुले मृतकको शब पनि बुझेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक खुमानन्द पाण्डेले जानकारी दिए ।

साथै चालकलाई शुक्रबार नै ईलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय दाङ पठईएको छ । ठक्कर दिने गाडिका चालक बाँके खासखुस्मा ९ का टिकाराम वलीलाई शुक्रबार नै पक्राउ गरि घोराही पठाईएको प्रहरी निरिक्षक पाण्डेले जानकारी दिए ।

पिडित पक्षले दिएको जाहेरीका आधारमा चालक ओलीको छान बिन हुने जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ । पिडित पक्षले शनिबार ईलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएको छ ।

तुलसीपुर ५ बसपार्क घर भएका १८ बर्षीय बिकास ओलीको शुक्रबार गाडिको ठक्करबाट मृत्यु भएको थियो ।  शुक्रवार दिँउसो सवा एक बजेतिर वली सवार रा ३ प २६२३ नम्वरको स्कुटीलाई नेपालगञ्जवाट आउँदै गरेको ना ५ ख ७३१९ नम्वरको वसले गुम्राहा चोकमा ठक्कर दिदा वली घाईते भएका थिए । वसको ठक्करवाट गम्भिर घाईते भएका वलीको उपचारको क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा मृत्यु भएको हो ।