काठमाडौं, १८ मंसिर । आपूर्ति मन्त्रालयले इन्धनको मौज्दात पूर्णरूपमा राख्न नेपाल आयल निगमलाई निर्देशन दिएको छ । संविधान संशोधनको विरोधमा आपूर्ति व्यवस्थामा आउन सक्ने समस्यालाई मध्यनजर गर्दै मन्त्रालयले भण्डारण पूर्ण राख्न निगमलाई निर्देशन दिएको हो ।

553f102ad5cf2fa49bd706c005ab590eआपूर्तिमन्त्री दीपक बोहराले जुनसुकै अवस्थामा पनि बजारमा इन्धनको आपूर्ति व्यवस्था सहज पार्न भण्डारण पूर्ण राख्न निगमलाई निर्देशन दिएका हुन् । आपूर्ति मन्त्रालयका प्रवक्ता सुरेश श्रेष्ठले निगमले इन्धन भण्डारण क्षमतालाई पूर्ण राख्न र निजी व्यवसायीलाई समेत क्षमता अनुरुप लोडिङ गर्न निर्देशन दिइएको जानकारी दिए ।

निजी पेट्रोल पम्पलाई क्षमताअनुरूप इन्धन उपलब्ध गराई भण्डारण बढाउनसमेत निर्देशन दिइएको छ । निगमसँग भएका ट्यांकरमा पूर्ण क्षमतामा भर्ने र बिग्रिएका ट्यांकरलाई मर्मत गरी सञ्चालनमा ल्याउनसमेत मन्त्रालयले निर्देशन दिएको छ ।

निगमसँग अहिले ७१ हजार किलोलिटर इन्धन भण्डारणको क्षमता भए पनि पूर्णरूपमा मौज्दात छैन ।