काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भइसकेकाले अब फिर्ता नहुने भन्दै चुनावको मिति घोषणा गरेर जाने बताएका छन् ।

19102016040701pushpa-kamal-dahal-1000x0-1000x0आज लाजिम्पाटमा बसेको माओवादी हेडक्वाटर बैठकमा प्रचण्डले कसैले चाहेर पनि अब संशोधन प्रस्ताव फिर्ता नहुने दावी गरे । मधेसी मोर्चाको पनि सहमतिमा संविधान संशोधनको प्रस्ताव दर्ता गरेकाले अब फिर्ता नहुने भन्दै चुनाव घोषणा गरेर जाने बताए ।

त्यस्तै कार्यालयको बैठक लगत्तै पार्टी कार्यालय पेरिसडाँडामा अहिले पोलिटब्यूरोको बैठक चलिरहेको छ । बैठकमा प्रचण्डले संविधान संशोधनपछिको परिस्थितिबारे ब्रिफिङ गर्नेछन् ।