इनरुवा, १८ मंसिर । नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनले मुलकुमा भइरहेको समस्याको समाधान हुने भन्दै त्यसपछि मुलुक राजनीतिक निकास तर्फ उन्मुख हुने बताएका छन् ।
प्रेस युनियन सुनसरीले लौकहीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले संविधान संशोधन प्रस्ताव पारित हुने बताए । उनले संविधान संशोधनमा एमालेले पनि साथ र सहयोग गर्नेमा आफू विश्वस्त रहेको समेत बताएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका देउवाले संविधान संशोधन भएपछि मुलुक निर्वाचनमा जाने र शान्ति तथा स्थायित्व कायम हुने विश्वास राखेका थिए। संविधान संशोधन प्रस्ताव पारित नभए पनि सरकार परिवर्तन नहुने र यही सरकारले काम चलाउने उनको भनाइ थियो ।
