घोराही १८ मंसिर । पण्डवेश्वरी यातायात प्रालिले आफ्नो सेवा बिस्तार गर्ने भएको छ । शुक्रबार भएको पहिलो साधारण सभाले यस्तो निर्णय गरेको हो । यात्रुलाई सुरक्षित तथा भरपर्दो सेवा प्रदान गर्नका लागि प्रालिलेसम्बन्धित निकायसंग सहकार्य गरि अगाडि बढ्ने निर्णय गरेको छ ।
साथै साधारण सभाले सरोज शाहको अध्यक्षतामा १३ १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा केशव नेपाली , उपाध्यक्षमा मनोहर जंग सिंह , प्रशासकिय सचिवमा रोहित न्यौपाने , कल्याणकारीणी सचिवमा सनत आचार्य , प्रशासकिय सह–सचिवमा नविन विक्रम शाही , कल्याणकारी सह–सचिवमा कृष्ण गिरी , कोषाध्यक्षमा नारायण वली , सदस्यहरुमा नरेन्द्र श्रेष्ठ ,रविन केसी , बल कुमार केसी , सुदन वस्नेत र शोम गुरुङ रहेका छन । सभाले प्रेस सल्लाहाकारमा गजेन्द्र वोहोरा , कानुनी सल्लाहाकारमा रेशम गिरी , भुपवहादुर डाँगी , खड्ग वुढाथोकी र यज्ञ वहादुर वली रहेका छन । प्रालिका अध्यक्ष सरोज शाहको अध्यक्षता तथा दाङ जिल्ला उद्योगा वाणिज्य संघका उपाध्यक्ष एंव प्रालिका सल्लाहकार खड्ग वुढाथोकीको प्रमुख आतिथ्यता एंव नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतमको विशिष्ट आतिथ्यतामा साधारण सभा भएको हो । कार्यक्रममा प्रमुख अतिथि एंव सल्लाहाकार वुढाथोकीले नयाँ कार्य समितिलाई सफलताको शुभकामना दिदै प्रालीलाई यात्रु मैत्रीवातावरण सिर्जनाका लागि कटिवद्ध रहन आग्रह गरेका थिए । प्रालिले छोटो समयमा यात्रुहरुलाई गुणस्तरिय सेवा प्रदान गरेको भन्दै प्रशंसा पनि गरेका थिए । तर सफलताको बाँकि कार्यभार पुरा गर्न अझै धेरै चुनौतिहरु प्रालिले पार गर्नुपर्ने उनको भनाई थियो । प्रालिले पुरै अधिराज्यभरी नै आफ्नो सेवा संचालन गर्नु पर्ने बताए । दुई÷तीन वटा सवारीहरुवाट सेवा शुरु गरेको प्रालिले अहिले नमुना योग्य काम गर्न सफल भएको उनले बताए ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतमले सेवालाई यात्रु मैत्री बनाउनु पर्नेमा जोड दिए । उनले भने ‘निश्चित रुट कायम गरी निश्चित भाँडादर समेत निर्धारण गरी सेवा सञ्चालन गर्नुपर्छ ।’
पछिल्लो समय अवैधानिक रुपमा छरिरहेका निजि नबर प्लेडका सवारीहरुलाई समेत प्रालिको दायरामा ल्याउन प्रालिले भुमिका खेल्नुपर्ने उनको भनाई थियो ।
निजि नबर प्लेडका सवारीहरुले अव्यवस्थित रुपमा यात्रुहरु वोक्दा प्रालीले चुनौती खेप्नु परेकाले त्यसमा बिषयमा सबैले सोच्नुपर्ने उनले बताए । कार्यक्रममा सल्लाहाकार यज्ञ वहादुर ओली , राप्ती अञ्चल डेलिभरी वितरक संघका कार्यालय प्रमुख निरज गिरी लगाएतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रालिका काल्याण्कारीणी सचिव मनोहर जंग सिंहले प्रसासनिक प्रतिवेदन र कोषाध्यक्ष नारायण वलीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष केशव नेपालीको स्वागतमन्तव्यवाट शुरु भएको सहजीकरण सचिव रोहित न्यौपानेले गरेका थिए ।
