तुलसीपुर १८ मंसिर । एन प्याव्सन दाङले सदस्यता नविकरणकालागि सदस्य बिद्यालयहरुलाई आग्रह गरेको छ । एन प्याव्सन दाङको शुक्रबार वसेको जिल्ला कार्यसमितिको वैठकले त्यस्तो आग्रह गरेको हो ।
अध्यक्ष प्रकाश कुमार शर्माको अध्यक्षता एव एन प्याव्सन दाङका केन्द्रीय सदस्य गुणाखर ढकालको प्रमुख आतित्थ्यतामा वसेको वैठकले आगामि माघ १५ गते भित्रमा सदस्यता नविकरण गरिसक्न सदस्य बिद्यालयहरुलाई आग्रह गर्ने निर्णय गरेको हो ।
एन प्याव्सनको जिल्ला अधिवेशन आगामि फागुन महिना भित्रमा गर्नु पर्ने भएकाले माघ १५ भित्र सदस्यता नविकरण गरि अधिवेशन प्रतिनिधिका लागी योग्य वन्न समेत समयमै नविकरण गर्न आग्रह गरिएको एन प्याव्सन दाङले जनाएको छ । यस्तै वैठकले आगामि पौष २७ गते परेको एन प्याव्सन डे को अवसर पारि वनभोज कार्यक्रमको आयोजना गर्ने समेत निर्णय गरेको छ ।
सो अवसरमा समसामयिक शैक्षिक समस्याका बारेमा अन्र्तक्रिया कार्यक्रम समेत गर्ने निर्णय गरिएको एन प्याव्सन दाङका सचिव बिमल गौतमले जानकारी दिए । जसका लागी एन प्याव्सन दाङका उपाध्यक्ष भिम बहादुर वुढाथोकिको संयोजकत्वमा सदस्यद्धय शालिकराम कार्की र द्रोणराज भण्डारीलार्य ब्यवस्थापनको जिम्मेवारि दिने निर्णय गरिएको छ ।
त्यसैगरि यहि मंसिर ३० गते देखि घोराहिमा हुने शैक्षिक महोत्सव तथा माघ १३ देखि तुलसीपुरमा हुने ब्यापारिक महोत्सवको मुल समितिको सदस्यमा एन प्याव्सन दाङलाई राखिएको हुदा दुवै आयोजक संस्थाहरुलाई धन्यबाद दिने र महोत्सवलाई भव्य एव सभ्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने निर्णय गरिएको सचिव गौतमले जानकारी दिए ।
