15281088_641904325997498_1701463372_nतुलसीपुर १८ मंसिर ।  शुक्रबार गाडिको ठक्करबाट मृत्यु भएका आफन्तले शनिबार तुलसीपुर बजार ठप्प पारेका छन् । ठक्कर दिने गाडिका चालकलाई कार्वाही गर्न माग गर्दै शनिबार तुलसीपुर बजार बन्द गरेका छन् । उनीहरुले ठक्कर दिने गाडिका चालकलाई कार्बाही नगर्दा सम्म मृतकको शब नउठाउने बताएका छन् ।

घटना भएको लामो समय बितिसक्दा पनि दोषीलाई कार्बाही गर्न नसकेको भन्दै उनीहरुले तुलसीपुरको यातायात सेवा समेत ठप्प पारेका छन् । उनीहरुले तुलसीपुरबाट बाहिरिने कुनै पनि सवारीका साधन चल्न नदिएको मृतकका दाजु प्रकाश वलीले बताए । प्रहरी प्रशासन र यातायात व्यबसायी समितिले उक्त घटन प्रति कुनै चासो नदिएकाले आफुहरु आन्दोलित हुनुपरेको उनीहरुको भनाई छ ।
उनीहरुलले दोषीलाई कारबाही नहुँदा सम्म मृतकको शब नउठाउने बताएका छन् । उनीहरुले दोषीलाई कारबाहीको माग गर्दै शुक्रबार पनि केही घण्टा चक्काजाम गरेका थिए ।
यता ईलाका प्रहरी कार्यालय तुलसीपुरले भने दोषी फरार रहेको र खोजी कार्यजारी रहेको बताएको छ ।
सवारीका साधन संचालन नहुँदा यात्रुहरु भने मर्कामा परेका छन् । आफ्नो गन्तब्य तर्फ हिडेका यात्रुहरु भने बिच बाटोमै रोकिनु परेको छ ।
तुलसीपुर ५ बसपार्कको न्यूरोड निवासी १८ बर्षीया विकास वलीको वसको ठक्कर मृत्यु भएको थियो । शुक्रवार दिँउसो सवा एक बजेतिर वली सवार रा ३ प २६२३ नम्वरको स्कुटीलाई नेपालगञ्जवाट आउँदै गरेको ना ५ ख ७३१९ नम्वरको वसले गुम्राहा चोकमा ठक्कर दिदा वली घाईते भएका थिए । वसको ठक्करवाट गम्भिर घाईते भएका वलीको उपचारको क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा मृत्यु भएको हो ।