शरद रेग्मी
तुलसीपुर, १८ मंसिर । तुलसीपुरमा हुन लागेको मध्यपश्चिम क्षेत्रिय पर्यटन महोत्सव २०७३ लाई सफल पार्न आयोजक तुलसीपुर उद्योग वाणिज्य संघले विभिन्न चालिस वढी उपसमितिहरु गठन गरेको छ । हिजो संघको सभाकक्षमा सम्पन्न सर्वदलिय सर्वपक्षिय बैठकले विभिन्न काम को वांडफाड गर्दै उपसमितिहरु गठन गरेको हो ।

mela-logoतुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक विमल रिजालको अध्यक्षतामा सम्पन्न बैठकले अधिकांश उपसमितिहरुको संयोजकमा वर्तमान कार्यसमिति तथा पूर्व अध्यक्षहरुलाई जिम्मेवारी दिइएको संयोजक रिजालले जानकारी दिए । उनले माघ १३ गते देखि २३ गते सम्म संचालन हुन लागेको महोत्सवले यस क्षेत्रको कृषि, पर्यटन ,औद्योगिक, धार्मिक एवं विभिन्न क्षेत्रको विकास र प्रद्र्धनमा टेवा पुग्ने समेत वताए ।

विभिन्न उपसमितिका संयोजकहरुमा संघका निवर्तमान अध्यक्ष टेकन प्रसाद वस्नेत (हिमाल) शुरक्षा व्यवस्थापन , विर वहादुर रावत(विरु) सांस्कृतिक उपसमिति, सुदिप श्रेष्ठ पार्किङ्ग व्यवस्थापन, सेवक राम भण्डारी सरसफाई व्यवस्थापन, नेत्रलाल वली सचिवालय व्यवस्थापन, ललित जंग शाह आर्थिक व्यवस्थापन, शरद रेग्मी सुचना तथा संचार, संयोजक रहेका छन् ।

त्यसैगरी मिनराज भण्डारी स्टल वुकिङ्ग, डिल्ली वली आवास तथा भोजन , यज्ञ वहादुर के.सी.मनोरन्जन तथा वाल उद्यान, कमल गौतम प्रचार प्रसार,खुशल राम शर्मा स्वंयम सेवक,किशोर कुमार वली स्वागत नगरसजावट, रुपवहादुर खत्री प्रमाण पत्र, पहल वहादुर रोकाहा शोभायात्रा, बेद प्रसाद वलीलाई विद्युत,पानी,टेलिफोन व्यवस्थापन को जिम्मेवारी दिइएको छ ।

त्यसैगरी निर्मला भुसाल व्याज तथा व्यानर, डम्बर वहादुर डांगी(हेमन्त) अतिथी सत्कार, रेश्मीराज खड्का कृषि प्रदर्शनी, यशोदा पाण्डेयलाई महिला उद्यमी तथा हस्तकला व्यवस्थापन उपसमितिको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी संघका पूर्वअध्यक्ष एवं सल्लाहाकारहरुलाई समेत विभिन्न जिम्मेवारी प्रदान गरिएको छ । संघका सस्थापक अध्यक्ष डिल्लीवहादुर वस्नेत अनुगमन तथा मुल्याङ्गन, संघका सल्लाहाकार सुरेश हमाललाई यातायात व्यवस्थापन, प्रविण लम्साल कानूनी परामर्श, खगेन्द्र प्रसाद पोखरेल स्टल तथा मञ्च , उत्तम कुमार श्रेष्ठ समन्वय व्यवस्थापन , गणेश प्रेम श्रेष्ठ मञ्च सजावट, हेमन्त कुमार रिजाल टिकट व्यवस्थापन उपसमिति, मिनराज वली साउण्ड सिस्टम , कुशल तर्ताल स्मारिका प्रकाशन , पूर्ण प्रसाद धिताल पुरस्कार वितरण उपसमिति संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।