काठमाडौं, १७ मंसिर । मेलम्ची आयोजनाको हेडवर्क्स साइटमा सुन भेटिएको आशंका गरिएको छ । सुन जस्तै पहेँलो पदार्थ भेटिएपछि महत्वपूर्ण खनिज भएको आशंकामा सुरक्षाको कारण हेडवर्क्स निर्माणको काम रोकिएको छ ।
मेलम्ची आयोजनाका प्रमुख घनश्याम भट्टराईका अनुसार मेलम्ची नदी छेउ छेउको पहाड काट्ने क्रममा पहेंलो पदार्थ भेटिएको थियो ।
पहाड काट्दा निस्कएको चम्किलो पहेँलो कणहरु देखिएका उनले बताए । अहिले प्रहरीको सुरक्षा दिइरहेको छ ।
सुन हो कि अरु कुनै पदार्थ हो भन्ने निक्र्यौल नभएकाले काम रोकेर सुरक्षा दिएको उनको भनाई छ । उनका अनुसार यो बिषयमा खानी विभागमा समेत जानकारी गरिसकेको छ । त्यहाँ कोहि कसैलाइ पनि हेर्न नदिएर प्रहरीले कडा सुरक्षा दिएको छ ।
