काठमाडौं, १७ मंसिर । डा. गोविन्द केसीको जीवन रक्षाका लागि भन्दै चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) का डिन केपी सिंहले राजीनामा दिएका छन् । सिंहले त्रिभुवन विश्वबिद्यालयका उपकुलपति तीर्थ खनियासमक्ष आज राजीनामा दिएका हुन् ।
त्रिभुवन विश्वविद्यालयले उनलाई बीस दिनअघि आइओएमको डिनमा नियुक्त गरेको थियो । त्रिविले सिंहलाई डिन नियुक्त गरेकै दिन शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक गोविन्द केसीले उनलाई बर्खास्त गर्नुपर्ने मूख्य मागसहित आमरण अनसन बसेका थिए ।