deep-projolon

पोषण वली / तुलसीपुर १७ मंसिर । राप्ती अञ्चल अस्पताल तुलसीपुरका स्वास्थ्यकर्मीहरुले डा. गोबिन्द केसीको मागलाई समर्थन गर्दै दुई दिन ओपिडि सेवा बन्द गरेका छन् ।

बुधबार र बिहिबार अञ्चल अस्पताल तुलसीपुरमा कार्यरत स्वास्थ्यकर्मीहरुले ओपिडि सेवा बन्द गरेका हुन् । साथै उनीहरुले बिहिबार डा. केसीको स्वास्थ्य लाभको कामना गर्दै दिप प्रज्वलन गरेका छन् । अञ्चल अस्पतालमा कार्यरत डाक्टर अरुणदेव खनालका अनुसार गोबिन्द केसीलाई पेशागत समर्थन गर्दै दुई दिन ओपिडि सेवा बन्द गरिएको हो ।

तर ईमरजेन्सीलगायत अन्य सेवा भने बन्द नभएको उनले बताए । पाँचौ पटक अनसन बसेको डा केसीको स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि यस बिषयमा सरकार गम्भिर हुनुपर्ने स्वास्थ्यकर्मीहरुको भनाई छ । केसीका अन्य मागमा सहमती भएपनि डिन र उपकुलपतिको विषयमा वार्ता निस्कर्षमा पुग्न सकेको छैन् ।