chhatra-briti-bitaranराजेश वली, तुलसीपुर १७ मंसिर । तुलसीपुर ९ सल्लीबनमा रहेको श्री सरस्वती चौतारा आधारभुत बिद्यालयमा बिहिबार छात्रबृति बितरण गरिएको छ । बिद्यालयमा एक कार्यक्रमको आयोजना गरि बिच छात्रबृती बितरण गरिएको हो । कार्यक्रममा बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष चित्र बहादुर डाँगीको अध्यक्षता एबम् थर्कोट कृषी शहकारी संस्था लिमिटेड तुलसीपुर ८ र ९ कट्कुईयाका अध्यक्ष मेघराज पाण्डेको प्रमुख अतिथ्यतामा भएको हो ।

कार्यक्रममा छात्रा तथा दलित गरि एक ३४ जना बिद्यार्थीहरुलाई ५४ हजार बराबरको छात्रबृती बितरण गरिएको प्रध्यानाध्यापक पेशल सिंह डि.सी.ले जानकारी दिए । सो अबसरमा मन्तब्य राख्दै बक्ताहरुले अभिभाबकलाई छात्रबृति बिद्यार्थीहरुकै काममा खर्च गरिदिन आग्रह गरेका थिए । कार्यक्रमका बिशिष्ट अतिथि सिभिल बैक लिमिटेड शाखा कार्यालय तुसीपुरका प्रमुख परनिल पछाईले बालमैत्रि शिक्षा आबश्यक रहेको बताए । कार्यत्रमका प्रमुख अतिथि थर्कोट कृषी शहकारी संस्था तुलसीपुर ८,९ कट्कुईयाका अध्यक्ष मेघराज पाण्डेले सरकारले बितरण गर्दै आएको छात्रबृति कार्यत्रमलाई छात्रा र दलित बिद्यार्थीलाई मात्र बितरण नगरेर छात्रलाई पनि बितरण गरे अझ थप प्रभाबकारी हुने बताए ।

कार्यक्रममा सिभिल बैक लिमिटेड तुलसीपुर शाखाले आफ्नौ छैटौं बार्षिकोत्सबको अबसरमा कक्षा ७ मा अध्ययनरत बिद्यार्थी सन्तोषी चौधरीलाई रु ५ हजारको जेहेन्दार छात्रबृती पुरस्कार प्रदान गरेको थियो । कार्यक्रममा बिद्यालय व्यबस्थापन समितिका पुर्बध्यक्ष कान्त प्रसाद खरेल, बिद्यालय व्यबस्थापन समितिका पुर्ब सदस्य मुकुन्द काफ्ले, लिटिल हेबन उच्च माबि तुलसीपुरका प्रिन्सीपल कमल प्रसाद साप्कोटालगायतकाले शुभकामना मन्तब्य राखेका थिए । बिद्यालय व्यबस्थापन समितीका शिक्षक प्रतिनिधी बुद्धिराम काफ्लेको स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण शिक्षक राजेश वलीले गरेका थिए ।