hatya

सल्यान १७ मंसिर ।  सल्यानको धनवाङमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । धनवाङ ६ लामीडाँडामा ५५ वर्षका लाल बहादुर सिंजालिले सामान्य विवादमा लात्तीले हान्दा आफ्नै श्रीमती ४९ वर्षिय गोकुलिको ज्यान गएको प्रहरी चौकी कपुरकोटले जनाएको छ ।

धनवाङ गाविसको विकट वडा मानिने लामीडाँडामा यो घटना हिजो साँझ भएको प्रहरी चौकी कपुरकोटका इन्चार्ज प्रहरी नायव निरिक्षक पर्शुराम केसीले बताए । लाल बहादुरले कुनै हतियार प्रयोग नगरि लात्तीले हान्दा श्रीमतीको ज्यान गएको प्रहरीले जनायो । र लालबहादुरलाइ प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको छ ।