काठमाडौं, १७ मंसिर । व्यवस्थापिका संसदको बैठक आजपनि बस्ने भएको छ । संसद भवन नयाँ वानेश्वरमा दिउँसो ३ बजेका लागि बैठक बोलाईएको छ ।
आजको बैठकमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीका विरुद्धमा दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल गर्ने कार्यसूची छ ।
आयोगका प्रमुख आयुक्तउपर सांसद महेन्द्रबहादुर शाहीसहित १५७ जना सांसदले दर्ता गर्नुभएको महाभियोग प्रस्तावमाथिको छलफल गर्ने कार्यसूची तय गरिएको थियो ।
तर हिजो जस्तै आजपनि मुख्य विपक्षीद दल नेकपा एमालेले आजपनि संसद वैठक अबरुद्ध गर्ने चेतावनी दिएको छ । सरकार मंगलबार संसदमा दर्ता गराएको सात बुँदे संविधान संशोधन प्रस्तावमा असहमति जनाउँदै संसद अबरुद्ध गर्दै आएको छ ।
