काठमाडौं, १७ मंसिर ।संविधान संशोधनविरुद्ध सदनसँगै सडक आन्दोलनमा उत्रिएको प्रमुख प्रतिपक्ष दल एमालेले बन्द र तोडफोड नगर्न कार्यकर्तालाई निर्देशन दिएको छ ।

0022190fd3300b8dcd2834विरोध प्रदर्शनको क्रममा सरकारी सवारीसाधन तोडफोड, टायर बाल्ने काम गरी आमनागरिकलाई सास्ती दिने काम नगर्न एमालेले निर्देशन दिएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै जनसंगठनका इन्चार्जमार्फत आन्दोलन हिंसात्मक बनाउने र तोडफोड तथा आगजनी गर्नेजस्ता काम हुन नदिन निर्देशन दिएका हुन् ।

ओलीको निर्देशनलगत्तै आन्दोलन अघि बढाएका युवा संघ नेपालका इन्चार्ज महेन्द्र पाण्डे र अनेरास्ववियुका इन्चार्ज रवीन्द्र अधिकारीले बिहीबार नै दुवै संगठनलाई आन्दोलनका क्रममा बन्द र तोडफोड नगर्न निर्देशन दिएका थिए ।