नवलपरासी, १७ मंसिर । पत्रकार महासंघको नयाँ साधारण सदस्यता वितरण मापदण्ड विपरीत एकलौटी नयाँ साधारण सदस्यत वितरण गरेको भन्दै पत्रकारहरुले नेपाल पत्रकार महासंघ नवलपरासीमा तालाबन्दी गरेका छन् ।

fnj-nepalनयाँ साधारण सदस्यता वितरणमा नेपाल पत्रकार महासंघ नवलपरासीका कार्यवाहक अध्यक्ष एवम् छनौट समितिका संयोजक वीरेन्द्र पराजुलीले छनौट समितिका सदस्य बुद्धिसागर पोखरेललाई बैठकमा समेत सहभागी नबनाई एकलौटी तरिकाले साधारण सदस्यता छनौट गरेको र कार्य समितिले एकलौटी तरिकाले नयाँ सदस्यताको आवेदनमा छानविन नै नगरी केन्द्रमा सिफारिस गरेको भन्ने बिषयको बिरोधमा नेपाल पत्रकार महासंघ नवलपरासी शाखामा तालाबन्दी गरिएको नेपाल पत्रकार महासंघ नवलपरासीका कोषाध्यक्ष राजकुमार रेश्मीले बताए ।

१३ जनाको कार्य समितिमा बैठकमा ६ जनाले मात्रै सदस्यता बिषयमा निर्णय गरेको र छनौट समितिलाई नयाँ आवेदन समेत नदेखाइएको छनौट समिति सदस्य एवं नेपाल पत्रकार महासंघ नवलपरासीका सदस्य बुद्धिसागर पोखरेलले बताए ।