दिपक बोहरा / तुलसीपुर १७ मंसिर । दाङको पश्चिम बाघमारेमा रहेको बालकल्यान आधारभुत बिद्यालय । बिद्यालय दाङको पश्चिम क्षेत्र हापुर जोडने सडक खण्डमै पर्ने सडकबाट आवत जावत गर्ने जो कोहीले देख्ने बित्तिकै छक्क पर्छन् । वरिपरीको बनले थपेको त्यो सौन्दर्यता, त्यसमा पनि बिद्यालयको बाहिबाट हेर्दाको ब्यबस्थापनले त्यहाँबाट आवत जावत गर्नेहरुको मन लोभ्याएको छ । बाहिर बाट हेर्दा जो कोहीलाई सामुदायीक बिद्यालयको ब्यबस्थापन देखेर भित्र पसु पसु जस्तो लाग्छ ।
यस्मा स्वयं जिल्ला शिक्षा कार्यालयकी अन्तरगत उरहरी स्रोत केन्द्रकी स्रोत ब्यक्रि बिष्णु केसीपनि अछुत रहन सकेकी छैनन् । उनी भन्छिन् ‘ बिद्यालयको अनुगमण लगायत बिभिन्न कार्यक्रममा पश्चिम जाँदा बिद्यालयको ब्यबस्थापन देखेर भित्र पसौ पसौ लागेको थियो तर समय मिलेको थिएन् ; आज एउटा कार्यक्रमले यो बिद्यालयकै अनुमगण गर्ने मौका मिल्यो । ’ उनी आईतबार उक्त बिद्यालयको अनुगमण गर्ने मौका पाएकी छिन् । उनी सहित जिल्ला बिकास समिति, ईलाका प्रहरी कार्यालय , महिला तथा बालबालिका कार्यालय, जिल्लामा क्रियाशिल पत्रकारहरुको समुह अनुगमणमा गएको थियो ।
‘ आफु उरहरी श्रोत केन्द्रको श्रोत ब्यक्ति भएकाले कार्यक्षेत्र पनि परेको थिएन तर अहिले अनुगमण गर्ने अबशर मिल्यो । ’ बिद्यालय वरपरको वातावरणले मन लोभ्याएको थियो’ उरहरी स्रोत केन्द्रकी स्रोत ब्यक्ति केसीले भनिन । सदरमु्काम तथा शहरी क्षेत्रकै बिद्यालय ब्यबस्थापनमा थुप्रै चुनौति देखिएको अबस्थामा ग्रामिणमा रहेको उक्त बिद्यालयको भित्रिबाताबरण देखेर केसीले खुलेरै प्रसांसा गरेकी थिईन् । त्यहाँका बिद्यार्थीहरुको अनुशासन, त्यसमा पनि बिद्यालयमा कार्यरत शिक्षकहरुले काम बाँडफाट गरि भित्तामा टोसेको देख्दा गर्ब लागेको उनी बताउछिन् ।
त्यहाँका शिक्षकहरुले आफ्नो जिम्मामा परेको काम आफैले पुरा गर्दै आएको बताएका थिए । उक्त बिद्यालयको काम कर्तब्य तथा ब्यबस्थापन देखेर पश्चिम दाङकै एक नमुना बिद्यालय भएको स्रोत ब्यक्ति केसीले दावी गरिन् । उनले त्यहाँका बिद्यालय ब्यबस्थापन समितिसंगै भनिन्‘ तपाईले बिद्यालयको ब्यबस्थापन देखी शिक्षक तथा बिद्यार्थीहरुका लागि राम्रो ब्यबस्थापन गर्नु भएको छ, यसलाई निरन्तरता दिनुहोला । ’ उनले त्यस अबशरमा उक्त बिदालयमा रहेको शौचालय तथा खानेपानीको अबस्था पनि राम्रै भएको उनले बताईन् ।
अर्को तर्फ उक्त बिद्यालयमा गठित वालक्लबको क्रियाकलापको पनि प्रसंसा गर्न योग्य रहेको स्रोत ब्यक्ति केसीले बताईन् । त्यहाँको बालक्लबले त्यहाँ हुने बालबिबहालाई न्युनिकरण गर्न नियमित सचेतना कार्यक्रम गर्दै आएको छ । त्यस्तै बिद्यालयमा आफ्नो काम कर्तब्य र अधिकारका बारेमा सचेत रहदै आएको छ । उक्त बिद्यालयबाट दाङका केही बिद्यालयले पाठ सिक्नु पर्ने स्रोत ब्यक्ति केसीले बताईन् । उनले भनिन्‘ यो बिद्यालयको हरेक ब्यबस्थापन राम्रो छ , दाङका केही बिद्यालयहरुले उक्त बिद्यालयबाट पाठ सिक्नु पर्छ ।’
बाघमारे ३ मा रहेको बालकल्यान आधारभुत बिद्यालयमा अहिले कक्षा ८ सम्म पढाई हुँदै आएको छ । एक सय ८९ बिद्यार्थी रहेको उक्त बिद्यालयमा ७ जना जना शिक्षक र दुई जना शिक्षिका गरी ९जनाले अध्यापन गराउँदै आएका छन् । दुई जना स्थायी राहात १ र बाल बिकासमा १ जनाको मात्रै उक्त बिद्यालयमा दरबन्दी छ । तर त्यो दरबन्दी बिद्यालयका लागि प्रयाप्त नभएको त्यहाँको बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारीले गुनोसो पनि गरेका थिए ।
जुन बिद्यालयमा अध्ययन गर्नेहरुमा छात्रको संख्या भन्दा छात्राको संख्या बढि रहेको छ । यस्ले पनि पछिल्लो समय छात्राहरु पनि बिद्यालयमा जानुु हुँदैन् भन्ने मान्यता बिस्तारै हट्दै गएको पुष्टि हुन्छ । जहाँ ८३ छात्र र ९५ छात्रा अध्ययनरत छन् ।
