वुटवल, १६ मंसिर । संविधान संसोधनमार्फत ५ नम्बर प्रदेशका पहाडी जिल्ला अलग्याउन लागेको विरोधमा उत्रिएका प्रदर्शनकारीहरु र सुरक्षाकर्मीहरु विच आज बुटवलमा ढुंगा हानाहान भएको छ ।
राष्ट्रिय झण्डासहित स्वतस्फूर्त प्रदर्शनमा उत्रिएका केही युवाले दिउँसो अस्पताल लाइनमा रहेको माओवादीको सहीद स्मारक तथा शालिक तोडफोड गर्न खोजेपछि स्थिति तनावपूर्ण बनेको हो ।
प्रहरीको सुरक्षाबीच उनीहरुले पर्खाल तोडेका छन् । तोडफोडलाई रोकेका प्रहरीमाथि ढुंगा बर्साएपछि प्रहरीले बल प्रयोग गरेको हो ।
