दाङ, मंसिर १६ । त्रिभुवननगर जेसीजले तीन दिन सचिवालय बन्द गर्ने भएको छ । संस्थापक महासचिव तथा पूर्व अध्यक्ष नित्यानन्द शर्माको निधनको शोकमा तीन दिनसम्म सचिवालय बन्द हुने जेसीजले जनाएको छ ।
अध्यक्ष रजिव उल्ला खान र महासचिव लालमणि भण्डारीले बिहीबार शोक विज्ञप्ति जारी सचिवालय बन्द गर्नुका साथै कुनै पनि औपचारिक कार्यक्रम नगर्ने जानकारी दिनुभएको छ ।
जेसीजको स्थापना र विकासमा अत्यन्तै ठूलो भूमिका निर्वाह गर्नुभएका शर्माको निधनले जेसीज परिवार मर्माहत एवं स्तव्ध भएको भन्दै अध्यक्ष खान र महासचिव भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा शोकको घडीमा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ ।
