नवलपरासीको त्रिबेणी ४सुस्तामा अखील नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी युनियनको ( छैठौ ) कोद आयोजनामा १५ दिने सिमा बचाउ अभीयानको शुभ आरम्भ कार्यक्रम सम्पन्न ।
अतिक्रमण भुमी फिर्ता गर,सिमा अतिक्रमण बन्द गर,जस्ता नारा सहितको अभियान कार्यक्रममा अन्यराष्टब्यु ९छैठौ० बिमल पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय जन मोर्चाका कार्यकारी अध्यक्ष रेशमी राज नेपलीको प्रमुख अतिथ्यता रहेको थियो उक्त कार्यक्रममा अखील९छैठौ०का पुर्व अध्यक्ष अनिल घिमिरे अखील नेपाल युवक संघका महासचिव बाबुराम पन्थी,राष्टिय जन मोर्चा नवलपरासीका अध्यक्ष रेम राना, सुस्ता बचाऊ अभियानका अध्यक्ष गोपाल गुरुङग लगायतको उपस्थिती रहेको थियो।
नेपाल र भारतबीच सिमा जोडीएको २६ जिल्ला मध्ये २३ जिल्लाका ७१ स्थानमा नेपाली जमीन मिचिएको छ। बैतडी,डडेलधुरा र धनुषामा भने सीमा मिचीएको छैन । सबै भन्दा धेरै कालापानीमा ३७ हजार हेक्टर र सबै भन्दा थोरै कपिलवस्तुको कृष्णानगरमा १ हेक्टर जमिन मिचीएको छ । नवलपरासीको सुस्तामा १४ हजार ४ सय लगायत जमिन मिचिएको अध्यक्ष बिमल पोखरेल ले बताउनु भयो अनुसार । यो अभियान मंसिर ३० गतेसम्म नवलपरासीको सुस्ता देखी ईलामको मानेभञ्ज्यासम्म सिमा बचाउ अभियान रहने जनाईएको छ ।
